मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइने छ : प्रधानमन्त्री

Ujyalosandeshonline 12552+ समाचार ( )
३० अशोज २०८१, बुधवार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका साथ पारित गरिने बताए । नेपाल प्रहरीद्वारा आयोजित ६९ औँ प्रहरी दिवस, २०८१ को समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँदिनको उदय हुने उल्लेख गरे । उक्त विधेयकलाई हाल आवश्यक सुझावका लागि लोक सेवा आयोगमा पठाइएको छ । 

अहिलेको संविधान नेपाली जनता सार्वभौम सत्ता सम्पन्न भएको संविधान भएकाले संविधानमा सामयिक संशोधन बाहेक विद्यमान व्यवस्थामा कुनै परिवर्तनको नहुने स्पष्ट गर्दै उनले लोकतान्त्रिक प्रणाली मार्फत् जुनसुकै परिवर्तन ल्याउन सकिने बताए । “चुुनावका माध्यमबाट सरकार परिवर्तन गर्न सकिन्छ । अलोकतान्त्रिक विधिबाट कुनै पनि परिवर्तन ल्याउन खोज्नु लोकतान्त्रिक बाटो होइन ।” प्रधानमन्त्री ओलीले भने, “दसैँपछि सरकार तुरुन्त परिवर्तन हुन्छ भन्ने हल्ला पनि फैलाइयो । कुन दसैँ ? २०८४ सालको ?जब कि हामीले पहिल्यै भनि सकेका छौँ, यो सरकार आफै फेरिन्छ । चुनावी सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुन्छ ।”

व्यवस्था विरोधी कुरा गर्नेहरुलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले अगाडि भने, “कुना काप्चाबाट म भन्न चाहान्छु, यो देशलाई विकास र परिवर्तन गर्ने कुरामा इतिहास बनाएका नेपाली काँग्रेस र नेकपा (एमाले) सहित लगभग तिहाइको सरकार सञ्चालित छ भन्ने कुरा हेक्का रहोस् । स्वतन्त्रताका नाममा झुठ बोल्नु र बेइमानी गर्नु हुँदैन । परिवार, समाज र देशको हितका लागिकुनै पनि काम निर्वाधरुपमा अगाडि बढाउन पाउने हक सबैलाई छ । हाम्रा पूर्वजहरुले यस देशलाई राम्रो बनाउने सन्दर्भमा व्यहोरोको दुःख र सङ्घर्षको ध्याल गरेर हामी अगाडि बढ्नुपर्छ ।”

नेपाल प्रहरीलाई आफूले जेलमा रहँदा, सांसद–मन्त्री हुँदादेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै उनले यस सङ्गठनलाई अपराध अनुसन्धानमा तालिम र अत्याधुनिक साधनको उपब्धता गराउने विषयमा सरकारकोे ध्यानजाने प्रतिबद्धता व्यक्तगर्दै अहिले समाजमा सांस्कृतिक धरातल खस्किएको र साइबर अपराध र लागु औषध प्रयोगका घटनाहरु बढ्नु राम्रो नभएको बताए ।

देश–विदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसको शुभकामनादिँदै प्रधान मन्त्रीओलीले समाजमा प्रहरीले शान्ति सुव्य वस्थाकायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताउनुभयो ।,

प्रथम महिला राधिका शाक्य, गृहमन्त्री रमेश लेखक, संवैधानिक निकायका पदाधिकारी, मुख्य सचिव एकनारायण अर्याल लगायत सहभागी समारोहमा प्रधानमन्त्री ओलीले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’सहित विधिन्न पुरस्कार र छात्र वृत्तिबाट बहाल वाला र अवकाश प्रप्त प्रहरीलाई पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार