मुख्य समाचार
सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा | निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न | भाषणमा ‘समृद्धि’, व्यवहारमा ‘सास्ती’ : रोहिणीका विद्यार्थीलाई नयाँ भवन ‘आकाशको फल’ | “भवन बनेर पनि प्रयोग गर्न नपाउँदा एउटै कोठामा दुई कक्षाका विद्यार्थी खाँदिएर पढ्न बाध्य छन् ” | विशेष महाधिवेशन : मतदान बिहीबार बिहान २ देखि ५ बजेसम्म | रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति | पहिचानवादी शक्तिहरू एक ठाउँमा: रुपन्देहीमा तीन दल एउटै चुनाव चिन्हबाट लड्ने | पवनकुमार सेठिया स्मृति क्रिकेट: आर्मीलाई हराउँदै रुपन्देही–११ ले जित्यो टी–ट्वान्टी सिरिज | खेलकुद क्षेत्रका चुनौती सम्बोध गर्न ‘पेसएक्स स्पोटर्स’ | गुल्मीको रिडीमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा |

साना किसान कृषि सहकारी सिलौटियाको चौथो साधारण सभा सम्पन्न

जैसमोहम्मद खान 70+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

मर्चवार । मर्चवारीमाई–५ सिलौटियास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्था पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित उक्त सभामा आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक गरिएको हो ।

सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष मगन कलवारले संस्थामा हाल ८७ वटा महिला र २ वटा पुरुष समूह गरी कुल ६ सय २८ जना शेयर सदस्य आबद्ध रहेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले १५ लाख १३ हजार रुपैयाँ बराबरको शेयर पुँजी निर्माण गरेको छ भने निक्षेपतर्फ १ करोड ७० लाख र ऋण लगानीतर्फ १ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । संस्थाले गत वर्ष ३१ लाख ३९ हजार रुपैयाँ आम्दानी गरी करिब २८ लाख ५९ हजार रुपैयाँ खर्च गरेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि साना किसान कृषि सहकारी संस्था गोनहाका अध्यक्ष ओमप्रकाश यादवले मर्चवार क्षेत्रको मुख्य शत्रु गरिबी रहेको बताउँदै जीवनस्तर उकास्न सहकारी अपरिहार्य रहेको बताउनुभयो । उहाँले साहु–महाजनको चर्को ब्याजबाट बच्न र सानो–सानो बचतबाट भविष्य सुरक्षित गर्न सहकारीले मद्दत गर्ने धारणा राख्नुभयो । कार्यक्रममा वडाध्यक्ष कृष्ण कुमार सिंह तथा अन्य समाजसेवीहरूले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार