मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

साना किसान कृषि सहकारी सिलौटियाको चौथो साधारण सभा सम्पन्न

जैसमोहम्मद खान 75+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

मर्चवार । मर्चवारीमाई–५ सिलौटियास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्था पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित उक्त सभामा आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक गरिएको हो ।

सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष मगन कलवारले संस्थामा हाल ८७ वटा महिला र २ वटा पुरुष समूह गरी कुल ६ सय २८ जना शेयर सदस्य आबद्ध रहेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले १५ लाख १३ हजार रुपैयाँ बराबरको शेयर पुँजी निर्माण गरेको छ भने निक्षेपतर्फ १ करोड ७० लाख र ऋण लगानीतर्फ १ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । संस्थाले गत वर्ष ३१ लाख ३९ हजार रुपैयाँ आम्दानी गरी करिब २८ लाख ५९ हजार रुपैयाँ खर्च गरेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि साना किसान कृषि सहकारी संस्था गोनहाका अध्यक्ष ओमप्रकाश यादवले मर्चवार क्षेत्रको मुख्य शत्रु गरिबी रहेको बताउँदै जीवनस्तर उकास्न सहकारी अपरिहार्य रहेको बताउनुभयो । उहाँले साहु–महाजनको चर्को ब्याजबाट बच्न र सानो–सानो बचतबाट भविष्य सुरक्षित गर्न सहकारीले मद्दत गर्ने धारणा राख्नुभयो । कार्यक्रममा वडाध्यक्ष कृष्ण कुमार सिंह तथा अन्य समाजसेवीहरूले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार