मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

अर्थमन्त्रीको आश्वासन पाएका छौं : अब्दुल खान

Ujyalosandeshonline 12612+ समाचार ( )
९ जेठ २०८१, बुधवार

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्थ मन्त्रालयसँग सम्बन्धित विषय र संघीय संसद सचिवालयको बजेटका बारेमा अर्थमन्त्री वर्षमान पुनसहित संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका छन् । 

बुधबार सिंहदरबारमा भएको छलफलमा संघीय संसद सचिवालयका लागि बजेट व्यवस्थापनका विषयमा अर्थमन्त्रीलगायत संसदीय समितिका सभापतिहरुसँग छलफल भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बताए । 

बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘अर्थ मन्त्रालयसँग सम्बन्धित र संसद सचिवालय बैठकसँग सम्बन्धित विषयमा छलफल भयो । यसमा राजनीतिक विषयमा छलफल भएन । समितिहरुले मागेको बजेट अर्थ मन्त्रालयले दिने नदिने विषयमा स्पष्ट भनिसकेको छैन । घुमाउरो पारामा बहाना बनाइएको छ ।’

समितिहरुले बजेटको सिलिङ लेखेर पठाएपछि राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई पठाउने र स्रोत हेरेर स्रोत सुनिश्चित भइसकेपछि बजेटको व्यवस्थापन गर्ने अर्थमन्त्री पुनले आश्वासन दिएको खानले बताए । ‘आउँदो आर्थिक वर्षमा संघीय संसद सचिवालयका लागि बजेट छुट्याउने आवश्वासन अर्थमन्त्रीज्यूले दिनुभयो,’ खानको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार