मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

मधेश आन्दोलनका सहिदको सालिकमा माल्यार्पण

Ujyalosandeshonline 12198+ समाचार ( )
५ माघ २०८१, शनिबार

वीरगंज । मधेशका नागरिका लागि आफ्नो ज्यान आहूती दिने मधेश आन्दोलनका सहिदको सालिकमा जनता समाजवादी पार्टी(जसपा) का केन्द्रीय अध्यक्ष अशोक राई तथा संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले माल्यार्पण गरेका छन् ।

शनिबार वीरगंजमा मधेश आन्दोलनका सहिदहरुको सालिकमा अध्यक्ष राई तथा जसपाका उप हासचिव समेत रहेका नेपाल सरकारका खानेपानीमन्त्री यादवले एक कार्यक्रमकाबीच माल्यार्पण गरेको सचिवालयले जनाएको छ ।

वीरगंजको घण्टाघरमा रहेको सहिदहरुको सालिकमा अध्यक्ष राई तथा मन्त्री यादवले बिहान माल्यार्पण गरेकोे मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिए ।

उक्त कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंह, पुर्वमन्त्री मोहनलाल चौधरी, जिल्ला समन्वय समितिका प्रमुख अजय सराफ, बुहँरामाई नगरपालिकाका नगर प्रमुख सिहासन सातेली लगायतका नेता कार्यकताहरुले पनि सहिदको सालिकमा माल्यार्पण गरेका थिए ।

मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर उनीहरुको मृत्यु भएको थियो । मृत्यु भएसँगै मधेशमा आन्दोलन चर्किएको थियो ।

त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपासहित मधेश केन्द्रित दलहरुले बलिदानी दिवसका रुपमा मनाउने गरेको छ । आजको दिन ती दलहरुले विभिन्न कार्यक्रमको आयोजना समेत गर्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार