मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले गर्यो एम्बुलेन्स सहयोग

Ujyalosandeshonline 12548+ समाचार ( )
११ अशोज २०८२, शनिबार

बाजुरा ।  बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । महानगरपालिकाले बाजुराको खप्तड छेडेदहसहित ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको हो । महानगरपालिकाले हरेक वर्ष ग्रामिण क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स उपहार स्वरुप प्रदान गर्दै आएको छ । महानगरपालिकाले आवश्यकता सहितको निवेदनका आधारमा एम्बुलेन्स सहयोग गर्ने गरेको छ ।

महानगरले वितरण गरेका ३५ वटा एम्बुलेन्स मध्ये बाजुराको खप्तड छेडेदह गाउँपालिका सहित बझाङ र अछाम जिल्लाका स्थानीय तहले पनि प्राप्त गरेका छन् । राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक कार्यक्रमका बीच सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको थियो । 

महानगरले हस्तान्तरण गरेको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले ग्रहण गरेका हुन् । एम्बुलेन्स ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष रावतले महानगरलाई धन्यवाद दिँदै एम्बुलेन्स सहयोगले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा थप सहयोग पुग्ने बताएका हुन् ।

अब छेडेदह गाउँपालिकासँग २ वटा एम्बुलेन्स भएका छन् । यस अघि भारतीय राजदुतावासले नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेको थियो । दुई वटा एम्बुलेन्सले यहाँका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा गरिएको अध्यक्ष रावतले बताएका छन् । पालिकाको १ र २ वडाका लागि काँडामा एक वटा र अर्को पालिकाको केन्द्र डोगडी स्वास्थ्य चौकीमा एम्बुलेन्स राख्ने र सोही कार्यविधी मार्फत सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार