मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

हङकङलाई हराउँदै पिएनजी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा

Ujyalosandeshonline 12321+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) ले हङकङ –चाइनालाई आठ ओभरले पराजित गरेको छ ।

मंगलबार मोगं कोगंमा भएको दोस्रो खेलमा पिएनजीले विना विकेटको क्षतिमा सहजै लक्ष्य भट्टायो । हङकङ –चाइनाविरुद्ध १ सय २२ रनको लक्ष्य पछ्याएको पिएनजीले   १२ ओभर ४ बलमै लक्ष्य पूरा गर्यो ।

पिएनजीका लागि ओपनर द्वव टोनी उरा र सोसे बाउले आकर्षक इनिङ खेले ।

४३ बलको सामना गरेका बाउले १ छक्का र ६ चौका प्रहार गरी ६१ रनको पारी खेले । यस्तै, ३३ बलको समना गरेका उराले पनि २ छक्का र ५ चौकाको मद्दतमा अविजित ५१ रन बनाए ।

यसअघि मंगलबार बिहान सम्पन्न पहिलो खेलमा नेपालसँग पिएनजी ८५ रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा हङकङ चाइनालाई पराजीत गर्दै भोली हुने त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालसँग भेट पिएनजीले पक्का गरेको छ ।

बुधबार सिरिजको फाइनलमा नेपालसँग पिएनजी प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार