मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

एमालेसँगको गठबन्धन रहर नभई बाध्यता हो : मन्त्री पाण्डे

Ujyalosandeshonline 12444+ समाचार ( )
२२ भाद्र २०८१, शनिबार

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्री प्रसाद पाण्डेले नेकपा एमालेसँगको गठबन्धन रहर नभई बाध्यता भएको बताएका छन् । शनिबार सूर्यप्रसाद उपाध्यायको चालिसौं स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिक अस्थिरताबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जाने बताएका हुन् । 

उनले भने, ‘अहिले कम्युनिष्टसँगको मेलमिलाप र सहकार्यको नीति रहर होईन बाध्यता हो । हामी होसियार हुनुपर्ने कुरा भनेको हाम्रो मौलिकता जोगाउने विषयमा हो । राजनिितक स्थिरता जरुरी भयो, माओवादी अध्यक्षले जुन राजनीतिक अस्थिरताको भूमिका निर्वाह गर्नुभयो, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि ८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जान्छौ । ८४ मा पुगेपछि हाम्रो मूल प्रतिस्पर्धी एमाले नै हो ।’ 

यस्तै, उनले इतिहासका कुनै पनि कालखण्डमा सूर्यप्रसाद उपाध्याय नछुटेको भन्दै उनले अन्य नेताहरु सरह सम्मान पाउनु पर्ने पनि बताए । उनले भने, ‘के कारणले इतिहासको कुन त्यस्तो कालखण्ड, मोड र घटना हो, जहाँबाट सूर्यप्रसाद उपाध्याय छुट्नु भयो, अरु नेताहरु भने शिरमा राख्न मिल्ने गरि रहनु भयो भन्ने कुरा पनि एउटा गम्भीर समिक्षा हो ।’ 

सूर्यप्रसाद उपाध्याय दानी र नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्ति भएको भन्दै नेपालको राजनीतिमा उनलाई एउटा ज्ञानी व्यक्तित्वको रुपमा चिन्ने गरेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार