मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा प्रहरीको छापा: म्यानेजरसहित १९ नेपाली नागरिक पक्राउ

Ujyalosandeshonline 12461+ समाचार ( )
२३ वैशाख २०८३, बुधवार

भैरहवा । भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मारेर १९ जना नेपाली नागरिकहरूलाई नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित उक्त क्यासिनोमा मंगलबार राती आकस्मिक खानतलासी गर्दा जुवा खेलिरहेको र खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

केही महिना अघि मात्र सञ्चालनमा आएको यस क्यासिनोमा नेपाली नागरिकहरूलाई सहजै प्रवेश दिई जुवा खेलाउने गरिएको गुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेहरूमा क्यासिनोमा जुवा खेलाउने कार्यमा संलग्न ४ जना कर्मचारी र जुवा खेलिरहेका १५ जना नेपाली ग्राहक रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, १७ थान मोबाइल र २०० थान क्यासिनो क्वाइन समेत बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा सबैभन्दा बढी रुपन्देही जिल्लाका १५ जना रहेका छन् भने काठमाडौं, ललितपुर, गुल्मी र पर्साका एक–एक जना रहेका छन्। जुवा खेलाउने कार्यमा संलग्न अभय कुमार गुप्ता, सुशान्त अधिकारी, निक्षेद नेपाल र संजय शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै, जुवा खेल्ने कार्यमा संलग्नहरूमा काठमाडौंका जिवन थापा, ललितपुरका बाबुराजा महर्जन, पर्साका जंग कुमार अग्रवाल र गुल्मीका नेत्र पोख्रेलसहित रुपन्देहीका विभिन्न स्थानका व्यक्तिहरू रहेका छन्।

नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कानुनी रोक लगाइएको भए पनि रोयल कालिङ्गाले नियम विपरीत नेपालीहरूलाई भित्र्याएर जुवा खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर प्रचलित कानुन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार