मुख्य समाचार
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै |

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा : ४० जना सडकआश्रित मानवहरुको उद्धार

Ujyalosandeshonline 12207+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

हेटौँडा । मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मधेश प्रदेशबाट ४० जनाको उद्धार गरिएको छ  ।‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । 

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा सोमबार मधेश प्रदेशका ३ जिल्लाका विभिन्न स्थानहरुबाट १० जनाको उद्धार गरिएको छ । जसमध्ये सर्लाहीको हरिवन नगरपालिका–११ बाट १ जना, बागमती नगरपालिकाबाट–१२ बाट २ जना  रौटहटको चन्द्रपुर नगरपालिका–२ र ३ वडाबाट ४ जना र पर्साको वीरगञ्ज महानगरपालिकाबाट ३ जना गरि १० जनाको उद्धार गरिएको हो ।

उद्धार हुनुभएका ७ जनालाई मानवसेवा आश्रम वीरगञ्ज सेवाकेन्द्रमा  र  ३ जनालाई मूख्य कार्यालय हेटौँडा सेवाकेन्द्रमा आजै स्थान्तरणका लागि लगिएको छ । उद्धार टोली सोमबार सर्लाही, रौटहट, बारा, पर्सा  जिल्लाको विभिन्न ठाउँहरुमा  बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार सेवाामा खटिएको हो । 

असोज २८ गतेबाट पूर्वको मेचीनगरनगर नगरपालिकाबाट सुरु भएको यात्राको आठौँ दिन कार्तिक ५ गतेसम्मको अवधिमा पर्साको वीरगञ्जसम्म आइपुग्दा मधेश प्रदेशबाट ३० पुरुष र १० महिला गरी ४० जनाको उद्धार गरिएको हो । मधेश प्रदेशअन्तर्गत सबैभन्दा बढी सप्तरी जिल्लाबाट एकैदिन १३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको थियो । 

त्यस्तै मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत  सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा–७ बाट ४ जना, वडा–६  बाट ३ जना र  वडा– १ बाट १ जना,  सप्तकोशी नगरपालिका–१ बाट ५ गरि १३ जनाको उद्धार भएको हो । 

त्यस्तै सिरहाको लहान नगरपालिका वडा–१ बाट २ जना, वडा–३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरि  सिरहाबाट ८ जना र  धनुषा जिल्लाको जनकपुरधाम उपमहानगर पालिकाबाटबाट ४ जनाको उद्धार भएको हो । 

त्यस्तै  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरबाट ३ जना, मिथिला नगरपालिका–६ बाट १ जना र महोत्तरीको बर्दिबास नगरपालिका(१ बाट १ जनाको उद्धार गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार