मुख्य समाचार
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी | अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने |

ओमसतियामा अपाङ्ग परिचय पत्र वितरण

Ujyalosandeshonline 10781+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

भैरहवा । ओमसतिया गाउँपालिकाले पालिका भित्रका अपाङ्गता भएका ब्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच ओमसतिया गाउँपालिकामा एक कार्यक्रमको बिच ९ जनालाई परिचय पत्र प्रदान गरिएको हो । 

९ जना मध्ये ५ जनाले निलो एवम २÷२ जनाले क्रमशः पहेलो र रातो परिचय पत्र प्राप्त गरेको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मला पाण्डेले जानकारी दिइन । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीका अनुसार अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धि ऐनको अनुसुचीमा प्रकृतिका आधारमा अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरिएको छ । सोही ऐनको अनूसुचीमा गाम्भिर्यताको आधारमा गरिएको वर्गीकरणलाई ४ समूहमा परिचय–पत्र उपलब्ध गराउने गरिएको उनले बताए । 

पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिलाई रातो, अति अशक्त अपाङ्गता भएको ब्यक्तिलाई निलो, मध्यम अपाङ्गता भएकालाई पहेलो एवम सामान्यय अपाङ्गता भएकालाई सेतो रङ्गको परिचय पत्र प्रदान गर्ने गरिएको छ । 

पालिकामा रहेका यस्ता अपाङ्गता भएका ब्यक्तिको पहिचान गरि उनिहरुलाई चिकित्सकले प्रमाणित गरेको आधारमा वर्गीकरण गर्ने गरिएको क्षेत्रीले बताए । 

अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिको संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले पूर्ण अशक्त एवम अति अशक्त अपाङ्गहरुलाई उनिहरुकै घरमै पुगेर परिचय पत्र वितरण गर्ने गरिएको बताईन । यसरी प्राप्त भएको परिचय पत्रले उनिहरुलाई उपचार देखि सामाजिक सुरक्षा भत्ता लगायतको निर्धारण हुने गरेको चौधरीले जानकारी दिईन । आफ्ना टोल छिमेकमा रहेका अशक्त एवम अपाङ्गको बारेमा पालिकालाई जानकारी दिई उनिहरुलाई सहयोग गर्न पनि चौधरीले अनुरोध गरिन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार