मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

बिर्तामोडमा दशै महोत्सब तथा जुत्ता चप्पल मेला आयोजना हुदैँ

Ujyalosandeshonline 12611+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

झापा । झापाको बिर्तामोडमा भदौ ५ गतेदेखि दोस्रो जुत्ता चप्पल मेला सञ्चालन हुने भएको छ । गत बर्ष आयोजना गरेको मेला अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यसबर्षपनि मेला आयोजना गर्न लागेको हो । बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुने मेलामा नेपालका ५ वटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिने भएको छ । 

बिर्तामोड सिटी सेन्टरले आयोजना गर्ने मेलाको सह–आयोजक बिर्तामोड नेपाली जुत्ता घरको रहने पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । ‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुने मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनीको २५ वटा स्टल रहने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।

मेलामा चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध हुने उनले बताए ।

एक महिनासम्म  सञ्चालन हुने मेलामा १ लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ । ती कम्पनीको संलग्नतामा भएको मेला यो दोस्रो हो । यसअघि गतबर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो ।

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिने तयारी रहेको आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिने गरि तयारी गरिरहेको उपाध्यायले जानकारी दिए । खस्कदो व्यवसायलाई केहि हदसम्म उठाउन मेला आयोजना गरिएको सिटी सेन्टरका सञ्चालक दिपेन्द्र राउतले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार