मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

धनुषा प्रहरीविरुद्ध युवाहरुले गरे टायर बालेर प्रदर्शन

Ujyalosandeshonline 12552+ समाचार ( )
२९ पौष २०८१, सोमबार

जनकपुर । जनकपुरधाममा युवाहरुले टायर बालेर धनुषा प्रहरीविरुद्ध नाराबाजी एवम प्रदर्शन गरेका छन् । सोमबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरुले जनक चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै धनुषा प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । 

घर भाडाको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका युवाहरु र अर्को पक्षबीच कुरा नमिल्दा होहल्लाको स्थिती सृजना हुँदा राष्ट्रिय युवा संघका प्रदशस अध्यक्ष लभ अधिकारीमाथि एक जना हवलदारले कलर समातेर हातपात गरेको भन्दै आफूहरुले विरोध गरेको अनेरास्ववियु धनुषा जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरीले जानकारी दिए । 

हवलदारले गरेको अभद्र व्यवहारको जानकारी इन्सपेक्टर एस के यादवसमक्ष गर्न जाँदा उल्टै उनले आफूहरुमाथि झन बढि दुव्र्यवहार गरेको अध्यक्ष चौधरीले सुनाए । मुख्य चोकमै टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले आगो निभाएका छन् । आक्रोसित युवाहरु सडकको बीचमै बसेर बाटो अवरुद्ध बनाएका छन् । अहिले जनक चोकमा प्रहरी र सुरक्षा बलको बाक्लो उपस्थिती रहेको छ । यता इन्सपेक्टर एक के यादवसंग फोन सम्पर्क गर्दा उनले छलफलको क्रममा विवाद हुँदा आफूहरुले सम्झाउन मात्र खोजेको र युवाहरुले लगाएको आरोपमा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार