मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

मतभेद बिर्सेर हामीबीच एकता भयो भने कांग्रेसले बहुमत ल्याउन सक्छ : सभापति देउवा

Ujyalosandeshonline 12342+ समाचार ( )
२१ माघ २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो मतभेद बिर्सेर पार्टी एकता गरेर अगाडि बढे यही व्यवस्थामै पार्टीले  बहुमत ल्याउन सक्ने बताएका छन् । सोमबार पोखरामा आयोजित प्रदेश सभापतिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देखिएका चुनौतीको सामना गर्न पनि एक भएर अगाडि बढ्नुपर्ने बताएका हुन् । 

उनले भने,‘ हामीले आफ्नो मतभेद बिर्सेर पार्टी एकता गरेर सबै साथिहरु लाग्ने हो भने हाम्रो पार्टीले बहुमत प्राप्त गर्न सक्छ । पार्टीमा एकता जरुरी छ, सबैलाई साथमा लिएर हिँड्न जरुरी छ । अहिलेको चुनौतीको सामना गर्न पनि एक हुनुपर्ने । हाम्रो देशमा सुन्दर राजनीति छ । समानुपातिक र समावेशी छ । यो उत्तम व्यवस्था हो ।’

त्यस्तै उनले यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो रहेको भन्दै तैपनि कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए । पार्टीलाई हाक्ने र बनाउने भोलीका नेताहरुको काँधमा धेरै ठूलो जिम्मेवारी आएको उनको भनाई छ । 

उनले भने, ‘वास्तबमा यो समानुपातिक र समावेशी राजनीति हेर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ । तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौं । त्यसका बाबजुत भोलिका दिनमा हामीहरु बहुमत ल्याउन सक्ने पार्टी बन्न सकिन्छ । त्यसकारण भोलिका नेताहरु, जसले यो पार्टीलाई हाक्नुपर्नेछ, बनाउनुपर्छ, उहाँहरुको काँधमा धेरै ठूलो जिम्मेवारी आएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार