मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहण विषयमा मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

Ujyalosandeshonline 12547+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहणको प्रक्रियालाई तिव्रता दिने प्रतिबद्धता जनाएका छन् ।

बुधवार मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री सिंहले गौर राइस मिल क्षेत्रको ठूलो भूभाग गुम्न लागेको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी दिएका छन् । कानुनी जटिलता, स्रोत व्यवस्थापन र संरक्षणका ठोस प्रयास नहुँदा संकटमा परेको राइस मिलको संरक्षण गर्नुपर्नेमा मुख्यमन्त्री सिंहको जोड रहेको विज्ञप्तीमा उल्लेख रहेको छ ।

विज्ञप्तीमा प्रदेश सरकार स्तरबाट जग्गा अधिग्रहण गर्न सकिने भए त्यस विषयमा विद्यमान कानुनी प्रावधानबारे तत्काल विस्तृत अध्ययन गर्न मुख्यन्याधिवक्ता सुरेन्द्र महतोलाई  निर्देशन दिइएको जनाइएको छ ।

जुनसुकै उपाय अबलम्बन गरेर भएपनि गौरबासीको भावना तथा प्रतिष्ठासँग जोडिएको गौर राइस मिलको जग्गा अधिग्रहण गरिने दृढता व्यक्त गर्दै मुख्यमन्त्री सिंहले जग्गाको मुआब्जा दिने प्रयोजनले स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले आवश्यक प्रक्रिया तत्काल थाल्ने प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ ।

मुख्यमन्त्री सिंहले मिलको जग्गा गौरवासीकै हुनुपर्ने भन्दै हतारमा कुनै पनि निर्णय कार्यान्वयन नगर्न गौर नगरपालिका र अन्य सम्वद्ध संस्थासंग आग्रह गरेको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार