मुख्य समाचार
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन |

सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए

Ujyalosandeshonline 12533+ समाचार ( )
१४ कार्तिक २०८२, शुक्रबार

धरान (सुनसरी) । लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्न थालेसँगै कोशी ब्यारेजका १६ वटा ढोका खोलिएका छन् । आज बिहान ८ः०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड ७८ हजार २३० क्युसेक पानीको प्रवाह हुँदा १३ ढोका खोलिएको थियो । दिउँसो १२ बजे मापन गर्दा प्रवाह प्रतिसेकेन्ड ९२ हजार १३० क्युसेक, अपराह्न ४ः०० बजे १ लाख २८ हजार ११५ क्युसेक र बेलुका ८ः०० बजे १ लाख ३४ हजार ५५५ क्युसेक पुगेपछि १६ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।   

गत असोज १९ गते नदीमा पानीको प्रवाह अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका थिए । त्यसपछि केही समयसम्म प्रवाह घटेको भए पनि बिहीबार देखिको अविरल वर्षाका कारण आज साँझदेखि सप्तकोशीमा पुनः पानीको मात्रा बढ्न थालेको खतिवडाले बताउनुभयो ।    
    
लगातार भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठका अनुसार बाढी, पहिरो, डुबान तथा यातायात अवरुद्धजस्ता जोखिम हुनसक्ने भएकाले अत्यावश्यक नभई सकेसम्म घरदेखि टाढा तथा रातिको समयमा यात्रा नगर्न, डुबान वा पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दाले सुरक्षित स्थानमा सर्न र नदी किनार नजिक बसोबास गर्नेहरूले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।    
    
त्यसैगरी, विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय तहहरूलाई पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर तथा एक्जाभेटरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।    
    
हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि लगातार भइरहेको वर्षाका कारण जलसतह बढिरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको श्रेष्ठले जानकारी दिनुभयो । रासस    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार