मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

ऋण दिने साहु नै पीडित भएपछि...

Ujyalosandeshonline 12614+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

जनकपुर । धनुषामा ऋण दिने साहु महाजनहरु नै अन्याय भइरहेको भन्दै नागरिक समाजले प्रदर्शन गर्नुका साथै ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार धनुषाको मिथिला बिहारी वडा नं. १० ठेराका नागरिक समाजका अगुवाहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री एवम गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाल सरकारले मिटरब्याज सम्बन्धी विभिन्न नियम कानुन लागु गरिसकेको छ । यसबाट मिटिरब्याज पीडितहरुको समस्या समाधान भएको सरकारको ठहर छ । तर गाउँ घरमा अहिलेपनि कुनै समस्या आइलाग्दा आपतकालिन परिस्थितिमा गाउँका साहु महाजनसंगै ऋण लिने गरिन्छ ।

धनुषाको ठेरामा सरकारले लागू गरेको नियमअनुसार वडामा दर्ता गराई ऋण दिने केही साहू महाजन हरुको बिचली भएको भन्दै सो ठाउँका नागरिक समाजका अगुवाहरुले आवाज उठाएका हुन् ।उनीहरुले जुलुससहित शुक्रबारे जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई समस्या सुनाउनुका साथै ध्यानाकर्षण पत्र समेत बुझाए ।

उनीहरुले अदालत गरेको फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालयले आनाकानी गरेको आरोप लगाएका छन् । ऋण दिने साहुले प्रक्रिया पुगाएर दिएको ऋण असुलउपर गर्न नसकेपछि अदालतको सहारा लिएर भएको फैसलाको कार्यान्वयनमा प्रहरी प्रशासनले लापरवाही गरिरहेको ठेराका स्थानीय एवम नागरिक समाजका प्रमोद कुमार यादवले बताए ।

उनले अहिले ऋण दिने साहु नै अन्यायमा परेको गुनासो गरेका छन् । उनले अनुचित लेनदेन समितिबाट साहूहरुलाई कानुन विपरीत अनावश्यक दबाब दिएको आरोप लगाए ।

उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा दायर गरी सो मुद्दाहरुमा मातहतका प्रहरी कार्यालयलाई लेनदेनको विषयमा कुनै प्रकारको दवाव नदिनु नदिलाउनु भनि अन्तरिम आदेश जारी भएपश्चात पनि प्रहरीबाट फोनमार्फत विभिन्न प्रकारको दवाव दिएको यादवले बताए ।

उनले विभिन्न समितिको नाममा गाउँघरमा गलत हल्ला फैलाएर केही व्यक्तिहरुले आतंक मचाउन खोजेको भन्दै सरकारसंग त्यस्ता व्यक्तिलाई कारवाही गर्नुका साथै अदालतले दिएको फैसला कार्यान्वयनमा सहजिकरणका लागि आफूहरुले ध्यानाकर्षण पत्र बुझाएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार