मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

ऋण दिने साहु नै पीडित भएपछि...

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

जनकपुर । धनुषामा ऋण दिने साहु महाजनहरु नै अन्याय भइरहेको भन्दै नागरिक समाजले प्रदर्शन गर्नुका साथै ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार धनुषाको मिथिला बिहारी वडा नं. १० ठेराका नागरिक समाजका अगुवाहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री एवम गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाल सरकारले मिटरब्याज सम्बन्धी विभिन्न नियम कानुन लागु गरिसकेको छ । यसबाट मिटिरब्याज पीडितहरुको समस्या समाधान भएको सरकारको ठहर छ । तर गाउँ घरमा अहिलेपनि कुनै समस्या आइलाग्दा आपतकालिन परिस्थितिमा गाउँका साहु महाजनसंगै ऋण लिने गरिन्छ ।

धनुषाको ठेरामा सरकारले लागू गरेको नियमअनुसार वडामा दर्ता गराई ऋण दिने केही साहू महाजन हरुको बिचली भएको भन्दै सो ठाउँका नागरिक समाजका अगुवाहरुले आवाज उठाएका हुन् ।उनीहरुले जुलुससहित शुक्रबारे जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई समस्या सुनाउनुका साथै ध्यानाकर्षण पत्र समेत बुझाए ।

उनीहरुले अदालत गरेको फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालयले आनाकानी गरेको आरोप लगाएका छन् । ऋण दिने साहुले प्रक्रिया पुगाएर दिएको ऋण असुलउपर गर्न नसकेपछि अदालतको सहारा लिएर भएको फैसलाको कार्यान्वयनमा प्रहरी प्रशासनले लापरवाही गरिरहेको ठेराका स्थानीय एवम नागरिक समाजका प्रमोद कुमार यादवले बताए ।

उनले अहिले ऋण दिने साहु नै अन्यायमा परेको गुनासो गरेका छन् । उनले अनुचित लेनदेन समितिबाट साहूहरुलाई कानुन विपरीत अनावश्यक दबाब दिएको आरोप लगाए ।

उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा दायर गरी सो मुद्दाहरुमा मातहतका प्रहरी कार्यालयलाई लेनदेनको विषयमा कुनै प्रकारको दवाव नदिनु नदिलाउनु भनि अन्तरिम आदेश जारी भएपश्चात पनि प्रहरीबाट फोनमार्फत विभिन्न प्रकारको दवाव दिएको यादवले बताए ।

उनले विभिन्न समितिको नाममा गाउँघरमा गलत हल्ला फैलाएर केही व्यक्तिहरुले आतंक मचाउन खोजेको भन्दै सरकारसंग त्यस्ता व्यक्तिलाई कारवाही गर्नुका साथै अदालतले दिएको फैसला कार्यान्वयनमा सहजिकरणका लागि आफूहरुले ध्यानाकर्षण पत्र बुझाएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार