मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

कानून बनाउने कुरामा सरकारले कुनै कमजोरी गरेको छैन् : वडाल

Ujyalosandeshonline 12552+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले कानून बनाउने कुरामा सरकारले कुनै कमजोरी नगरेको बताए । ललितपुरमा आयोजना गरिएको नेपालमा व्यापार र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद ‘व्यवसाय र मानव अधिकार सम्बन्धी नेपालको राष्ट्रिय कार्य योजनालाई तीव्र बनाउनेः चुनौती, सहकार्य र जवाफदेहिता’ कार्यक्रममा बोल्दै उनले नेपाल सरकार नागरिकलाई प्रत्याभुत गर्नुपर्ने राजनीतिक अधिकार मात्र होइन अरु अधिकारलाई पनि हकको रुपमा स्थापित गर्नुपर्छ भन्ने कुरामा प्रतिबद्ध रहेको बताएका हुन् । 

उनले भने,‘नेपाल सरकार राजनीतिक दलहरु नागरिकलाई प्रत्याभुत गर्नुपर्ने राजनीतिक अधिकार मात्र होइन अरु अधिकारलाई पनि हकको रुपमा स्थापित गर्नुपर्छ भन्ने कुरामा  प्रतिबद्ध छ । त्यो प्रतिवद्धतालाई कार्यान्वयन गर्नको लागि भनेर नै मौलिक हकमा उल्लेख समेत गरिएको छ ।’

उनले थप भने,‘हामीले संविधानमा उल्लेख गरेका हकहरुको कार्यन्वयन कसरी गर्ने भन्ने सन्दर्भमा संविधानले कार्यन्वयनको लागि तीन वर्षको समय दिएको थियो । २०७२ पछाडि, ०७५साल असोज २ गतेभित्र सरकारले विधयेकहरु पास गरेको छ । हकको कार्यान्वयन कुन कुन तरिकाबाट गर्ने त्यसको लागि कानून नै बनाइसकेको छ । कानून बनाउने कुरामा सरकारले कमजोरी गरेको छैन । कानुन कार्यान्वयन गर्ने गराउने साझा दायित्व भित्र पर्छ ।’उनले विना पारिश्रमिक वा न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक दिनु भनेको श्रम शोषण भएको पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार