मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

अर्घाखाँचीमा जिप दुर्घटना: २ को मृत्यु, २४ घाइते

अनिल नेपाली 141+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

अर्घाखाँची  । अर्घाखाँचीमा आज बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७ नेटाखर्क बस्ने १३ वर्षीय नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माले जानकारी दिए। उनीहरूको सन्धिखर्क अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ४ जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई बुटवल रिफर गरिएको छ। अन्य २० जनाको अवस्था मध्यम र सामान्य रहेको छ। चालक चेतन कुँवरसहित २६ जना सवार जिप सडकबाट करिब ६०-७० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार