मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन मन्त्री पाण्डे र कार्यकारी उपाध्यक्ष डा. लामा फ्रान्स

Ujyalosandeshonline 12321+ समाचार ( )
२३ असार २०८२, सोमबार

काठमाडौं । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पुर्व तयारीको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) फ्रान्स पुगेका छन् । 

कार्यकारी उपाध्यक्ष डा. लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकको पुर्व तयारीको लागी गत शुक्रबारनै फ्रान्स पुगेका हुन् । बैठकको पुर्व तयारीको लागि  फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागी भारतीय राजदुत विशाल शर्मा, युनेस्कोको वल्र्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो, तथा निर्देशक ग्वेनाले बोर्डिन सहितको विभिन्न देशका कुटनैतिक  नियोगका प्रमुख, तथा विभिन्न संस्थाका प्रमुखहरु सग प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक सहकार्यको लागि कार्यकारी उपाध्यक्ष डा. लामाले भेटवार्ता तथा छलफल जारी राखेका हुन् । 

त्यस्तै बैठकमा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्री प्रसाद पाण्डे, लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानीन राई लगायत कार्यक्रम सहभागीको लागि सोमबार फ्रान्स प्रस्थान गरेका छन् । यस अघि कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भैसकेको छ । गत वर्ष युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई औपचारिक रूपमा मनोनयन दस्ताबेज पेश भैसकेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार