मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः देवदह बुद्ध र युनिक होम्स् सेमिफाइनलमा

Ujyalosandeshonline 11437+ समाचार ( )
२९ मंगशिर २०८१, शनिबार

भैरहवा । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा देवदह बुद्ध मावि र युनिक होम्स इङ्गलिस बोर्डिङ हाई स्कूल सेमिफाइनल पुगेका छन् । शनिबार भएका दुई खेलमा देवदहले लुम्बिनी शिक्षा निकेतनलाई ६ विकेट र युनिक होम्सले शान्ति नमूना माविलाई पनि ६ विकेटले नै हराउँदै सेमिफाइनल यात्रा पक्का गरेका हुन् ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतनले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय १५ रन बनायो । उसका लागि बासुदेव यादवले अविजित ७१ रनको अर्धशतकीय पारी खेले । यस्तै, कमलेश चाईले १५ रन बनाए । बलिङमा देबदह बुद्धका रोहित कुँवरले ४, कृष केसीले ३ र प्रिन्स शर्माले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको देवदह बुद्धले १६ ओभर ५ बलमा ४ विकेट नोक्सानीमा १ सय १६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विनय कार्कीले ५३ रनको अर्धशतीकय पारी खेल्दा आकाश न्यौपानेले १७, रोहित कुँवरले नटआउट १२ र कृष केसीले ११ रनको योगदान गरे । बलिङमा लुम्बिनी शिक्षा निकेतनका जावेद खान र अफसर खानले २–२ विकेट लिए । खेलमा रोहित कुँवर प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको शान्ति नमूनाले ९ विकोटको क्षतिमा जम्मा ८२ रन बनायो । उसका लागि रोशन बश्यालले १८, रुविन पराजुलीले १३ तथा समीर नेपाल र मनोहर यादवले समान १३ रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले ठूलो योगफल खडा गर्न सकेन । बलिङमा युनिक होम्सका रन्जित यादवले ४ र अरुण सिंहले २ विकेट लिए ।

प्रतिउत्तरमा युनिक होम्सले ११ ओभर ५ बलमा ४ विकेटको क्षतिमा ८५ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा आयुश धवलले अविजित १९, आदित्य रौनियारले १८ र अभिषेक यादवले १७ रनको योगदान दिए । बलिङमा शान्त नमूनाका रिदम भट्टराईले २ तथा नितिशकुमार ठाकुरले १ विकेट लिए । खेलमा रन्जित यादव प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । प्रतियोगिता पुस २ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार