मुख्य समाचार
कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण |

स्वास्थ्य स्वयंसेविकालाई कुष्ठरोग तथा क्षयरोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

जैसमोहम्मद खान 75+ समाचार ( )
९ मंगशिर २०८१, आइतबार

मर्चवार । कुष्ठरोग तथा क्षयरोग पड्ताल अभियानमा संलग्न मर्चवारी गाँउपालिकाका स्वास्थ्यकर्मी तथा ६६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई कुष्ठरोग तथा क्षयरोग सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । 

मर्चवारी गाउपालिका, फेरमेड/इन्द्रेणी ग्रामिण विकास केन्द्र, बुटवलको संयुक्त साझेदारीमा कुष्ठरोग तथा क्षयरोग खोज पड्ताल अभियान २०८१ अन्तरगत उनिहरुलाइ अभिमुखीकरण गरिएको हो । अभियान संचालन गर्नुको कारण, उद्देश्य, अभियानको रुपरेखा, कार्ययोजनाको बारेमा छलफल गर्न कार्यक्रम गरिएको मर्चवारी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख साहको अध्यक्षता, स्वास्थ्य कार्यालयका प्रमुख चिन्तामणि ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालयका वरिष्ठ क्षय कुष्ठ निरिक्षक टीकाराम अधिकारी  फेरमेडका टिम लिडर शशिदेव कर्ण, इन्द्रेणी ग्रामिण विकास केन्द्रका किरण श्रेष्ठद्वारा सहजीकरण गरिएको थियो ।  

उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयका लेखा अधिकृत प्रदिप लम्साल,इन्द्रेणी ग्रामिण विकास केन्द्रका फिल्ड सुपरभाइजर अलाउद्दीन खानको उपस्थिति रहेको थियो । 

कार्यक्रम रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राकेश प्रसाद यादवले स्वागत मन्तव्य राखेका थिए भने मर्चवारी गाँउपालिकाका सि.अ.हे.व.पुरुषोतम घिमिरेले संचालन गरेका थिए । खोज पड्ताल अभियान ७ वटै वडामा यही मंसिर १३ गतेबाट प्रारम्भ भई २३ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार