मुख्य समाचार
प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट | खप्तडको त्रिवेणी क्षेत्र | तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर | भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा | रसुवा बाढीपीडितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख सहयोग | रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन |

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

Ujyalosandeshonline 12213+ समाचार ( )
१ असार २०८२, आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर रहने बताए । 

उनले भने, ‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समिपमा रहेर काम गर्ने संयन्त्र हो । कुनैपनि मुलुकको सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहन्छ । तसर्थ मुलुक सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनु अर्को एउटा महत्वपूर्ण आवश्यकता हो । यो बाहेक देशको राष्ट्रिय हितको जगेर्ना गर्ने पनि हो ।’

यस्तै, उनले अहिले थुप्रै निकायहरुमाथि जनविश्वास कम हुदैँ गएको अवस्थमा पनि लोक सेवा आयोगमाथिको जनविश्वास अझै प्रबल रहेको भन्दैराज्य सञ्चालनमा आयोगको कार्यक्षेत्र, भूमिका र दायित्व निकै महत्वपूर्ण रहेको बताए । उनले आयोगमा लामो समयसम्म कार्यरत रहेर सम्मानित भएका पूर्व कर्मचारी, उत्कृष्ट कार्यकारी पुरस्कृत कर्मचारीहरुलाई बधाई पनि दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार