मुख्य समाचार
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन | जनताको पिरमर्का बुझ्न बस्तीमै पुगिन् बाजुरा प्रहरी प्रमुख, विपद् पूर्वतयारीमा जुट्यो प्रहरी | अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् | बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता | उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च | सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन | नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल | उद्योगी-व्यवसायीको सरकारलाई आग्रह: घुमाउरो कर नीति होइन, स्पष्ट नियम ल्याऊ | कास्कीमा बिहान आठ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा |

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

Ujyalosandeshonline 11801+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ । सानो अण्डा रु ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट रु ५० बढेको हो ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनुभयो । दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उहाँले बताउनुभयो । जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको रु ५५० मा बिक्री भएकामा झरेर रु ४५० मा आइपुगेको थियो । एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँदछ ।

प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्न आउँछ ।  अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उहाँले बताउनुभयो । मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन् । अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताउनुभयो । बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाउँदै उहाँले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्छ भन्नुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार