मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

लागूऔषध विरुद्ध चापाकोटमा व्यापक सचेतना कार्यक्रम: डिएसपी सापकोटोसहितको टोली टोल-टोल र विद्यालयमा

Ujyalosandeshonline 12093+ समाचार ( )
१० असार २०८३, बुधवार

चापाकोट । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्याङ्जामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जनचेतना जगाउने कार्य भइरहेको छ । यसै क्रममा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जा तथा त्यस मातहतका विभिन्न प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले स्थानीय विद्यालय तथा समुदाय स्तरमा पुगेर लागूऔषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

चेतनामूलक अभियानलाई थप प्रभावकारी र बढीभन्दा बढी नागरिकसम्म पुर्‍याउनका लागि चापाकोटका विभिन्न रणनीतिक स्थानहरू रोजिएका थिए । इलाका प्रहरी कार्यालय चापाकोटको टोलीले चापाकोट नगरपालिका वडा नम्बर २ बगैँचामा रहेको भू.पू. सैनिक कालिगण्डकी अङ्ग्रेजी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकहरूमाझ पुगेर लागूऔषधका गम्भीर असरहरूबारे जानकारी गराएको थियो ।

त्यस्तै, प्रहरी चौकी मल्यताङ्कोटको टोलीले चापाकोट नगरपालिका वडा नम्बर ४ स्थित दार्सिङ बजारमा तथा प्रहरी चौकी रत्नपुरको टोलीले वडा नम्बर ८ को आङ्खोलामा स्थानीय बासिन्दाहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरेका थिए । यसैगरी, अभियानलाई निरन्तरता दिँदै प्रहरी चौकी साखरको टोलीले चापाकोट नगरपालिका वडा नम्बर ७ मिलनचोकमा र अस्थायी प्रहरी पोष्ट दामाचौरको टोलीले वडा नम्बर ८ दामाचौर बजारमा पुगेर सर्वसाधारणलाई सचेत गराएको थियो ।

यस अभियानलाई विशेष महत्त्व दिँदै प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश सापकोटा आफैं विभिन्न स्थानमा उपस्थित हुनुभएको थियो । उहाँले लागूऔषधको दुर्व्यसनीले युवा पुस्ता, परिवार र सिंगो समाजमा पार्ने नकारात्मक प्रभाव, यस सम्बन्धी कानुनी प्रावधान र यसको नियन्त्रणमा नागरिकको भूमिकाबारे स्थानीय तथा विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा विस्तृत जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार