मुख्य समाचार
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन | कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण | रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल | पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने | नारायणगढ-मुग्लिन सडक अवरुद्ध | डीआईजी खत्रीद्वारा रुपन्देहीका सीमावर्ती प्रहरी इकाइको निरीक्षण; सुरक्षा व्यवस्था कडा पार्न निर्देशन | कर्णाली विकासमैत्री कार्यक्रम तथा बजेट निर्माण मुख्यमन्त्री कँडेलको आग्रह | पोखरा विमानस्थल प्रकरणः १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन | कबुलियत गराएर भन्सार जाँचपास थालियो |

टेस्ट राष्ट्र सहितको सहभागितामा बीपी कोइराला मेमोरियल कप भैरहवामा

Ujyalosandeshonline 11200+ समाचार ( )
३० अशोज २०८१, बुधवार

भैरहवा । दक्षिण एशियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल सहित ५ देशका प्रथम श्रेणीका खेलाडिहरुको सहभागितामा भैरहवामा बी पी कोइराला मेमोरियल कप, टी२० क्रीकेट प्रतियोगिता २०२४ को आयोजना हुने भएको छ । 

नेक्सस क्रीकेट एकेडेमीको आयोजनामा नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र  खेल पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए । कार्यक्रमबारे जानकारी दिने उद्देश्यले बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेक्सस क्रीकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले कार्तिक ३ गते देखि १० गते सम्म सन्चालन हुने प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिम बाट खेलिसकेका ईम्रान नाजिर, बंगलादेशको क्लब टिम बाट बंगलादेशी स्टार हरु आलोक कपाली र मुनिम साहरियर भारत बाट आइपिएल खेलाडी दिपक पुनिया सहित सबै टिममा प्रथम श्रेणीका खेलाडी सहभागिता रहने बताए ।
प्रतियोगितामा बांग्लादेशबाट गुलाज वरियर्स बांग्लादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११ रुपन्देही, लाइफ केयर क्रीकेट क्लब भारत, श्रीलंका स्टेट सर्विसेज क्रीकेट एसोसिएसनको टीम सहभागी रहनेछ । 
बिजयी टिमलाई रु ५ लाख र उप बिजेता टिमलाई रु ३ लाख पुरस्कार रहेको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार प्रदान गरिनेछ । 
नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभइ नेपालकै क्रीकेटको विकासमा महत्वपूर्ण भुमिका निभाउने आयोजकको अपेक्षा रहेको छ । 
प्रतियोगितालाइ नेपाल क्रीकेट संघले आधिकारिकता प्रदान गरेको छ भने प्राविधिक सहयोग रुपन्देही क्रीकेट संघले गरेको छ  । भैरहवाको सिद्धार्थ क्रीकेट रंगशालामा हुने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासंग खेल्ने र अन्तिम ४ मा पुगेकाहरु बिच सेमीफाइनल हुने लुम्बिनी प्रदेश क्रीकेट संघका अध्यक्ष सन्जय गुरुङले जानकारी दिए ।
प्रतियोगिता सन्चालन गर्न करिब १ करोड २० लाख खर्च हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार