मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाखको भ्रष्टाचार मुद्दा

Ujyalosandeshonline 11768+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ करोड ७५ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आम्दानी र खर्चको हिसाब गर्दा पौडेलको आर्जन अस्वाभाविक देखिएको आयोगको आरोपपत्रमा छ । 

गत माघ १० मा पक्राउ उनी र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अझै आयोगको हिरासतमा छन् । सुनिल पेमेन्ट गेटव र गैरकानुनी सम्पत्ति आर्जन आरोपको अनुसन्धानका लागि पक्राउ गरिएका हुन् भने विकल विकलमाथि ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोप छ । विकलविरुद्ध आइतबार नै आयोगले छुट्टै मुद्दा दायर गरेको छ । 

सुनिलविरुद्ध आयोगद्वारा दायर यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) स्थापनामा अनियमितताको मुद्दामा उनलाई विशेष अदालतले गत शुक्रबार दोषी ठहर गरेको थियो ।  कसुर निर्धारणका लागि भने अदालतले वैशाख २५ गतेका लागि पेसी तोकेको छ ।

सुनिल पौडेल २०६१ जेठ २० मा सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रशासकीय अधिकृत पदमा करारमा नियुक्त भई २०६२ माघ २८ सम्म कार्यरत थिए । २०६५ असार १२ मा केन्द्रमा उनी पुनः करार सेवामा नियुक्त भएका थिए, यसटक पद थियो कम्प्युटर इन्जिनियर । २०७५ साउन २० सम्म केन्द्रका विभिन्न पदमा करारमा कार्यरत रहेका उनलाई सरकारले सोही वर्ष साउन २१ मा केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । 

२०७८ चैत २४ सम्म सोही पदमा कार्यरत र त्यसको भोलिपल्ट नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा नियुक्त भएका थिए । जागिरमा उनको पदावधि, तलबभत्ता, सेयर खरिदबिक्री आम्दानी, बैंकको ब्याज, बचतलगायतले जम्मा १ करोड १९ लाख २४ हजार ८ सय ४६ रुपैयाँ वैध आय आर्जन गरेको देखिएको आयोगको विज्ञप्तिमा छ ।

उक्त अवधिमा उनको जम्मा २४ करोड ९४ लाख ७१ हजार १ सय ७१ रुपैयाँ खर्च तथा लगानी देखिँदा २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैया बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत खुलेको नदेखिएको आरोपपत्रमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार