मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |
मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |


दशैं भन्नेवित्तिकै दक्षिणा र नयाँ लुगाको याद आउँछ : वेनिशा पौडेल

Ujyalosandeshonline 11768+ समाचार ( )
वेनिशा पौडेल गायिका
१२ अशोज २०८२, आइतबार

काठमाडौं । नेपालीको महान् चाड दशैँको चहलपहल सुरु भइसकेको छ । दशैँमा किनमेल गर्नेदेखि घर जानेहरूको क्रम बढिरहेको छ । घर जानका लागि टिकटको व्यवस्था मिलाउन पनि सबै जना लागिपरेको देखिन्छ । एक वर्षमा आउने चाड दशैँ सबैको लागि महत्वपूर्ण हुन्छ त्यो बेला सबै परिवार एकै ठाँउ बसेर रमाइलो गर्ने अवसर पनि जुट्छ । 

यसैगरि कलाकार र संगीतकारहरु पनि कोही दशैँमा घर जाने योजनामा छन् भने कोही काठमाडौं नै बसेर दशैँ मनाउने सोचमा छन् । यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा गायिका बेनिशा पौडेलले भने गाउँतिर गएर साधारण तरिकाले परिवारसँग बसेर दशैँ मनाउने योजना रहेको सुनाइन् ।  

उनले भनिन्, ‘दशैँ अरू बेलाको जस्तै परिवारसँग बसेर नै मनाउने हो । दशैँ भनेको नेपालीहरूको महान चाड हो । परिवारसँग बसेर र रमाइलो गरेर, सिम्पल तरिकाले नै मनाउने सोच छ । गाउँतिर गइन्छ होला । चाडपर्वको समयमा गाउँघर नै रमाइलो नै हुन्छ । गीत गाउँदै सबैजना सँगै भएर रमाइलो गर्छौ । अविस्मरणीय भनेर छैन, तर जे होस्, रमाइलो हुन्छ ।’

साथै, उनका अनुसार पहिला सानोमा मनाउने दशैँ र अहिलेको दशैँमा धेरै नै फरक रहेको सुनाउछिन् । सानो हुँदा दशैँ भनेपछि नयाँ लुगा, मिठा खानेकुरा र पैसा(दक्षिणा) कति आउँछ होला भन्ने कौतुहलता हुन्थ्यो अहिले ठूलो भइसकेपछि दशैँको परिभाषा नै छुट्टै भएको हो कि जस्तो लाग्ने गरेको बताउँछिन् । 

‘वाल्यकालको दशैं र अहिले धेरै फरक लाग्छ । दशैं भन्ने वित्तिकै पैसा(दक्षिणा)कति आउला भनेर आश लाग्ने, कसले कति देला भएर अपेक्षा गर्ने गर्दथ्यौं ।  नयाँ लुगाको खुब शौख हुन्थ्यो । अहिले चाहीं त्यस्तो खासै नहुँदो रहेछ । एज जति जति बढ्दै गयो, त्यति त्यति खास नलाग्दो रहेछ ।’

२०१८ मा ‘आँखैमा लाउने गाजल सकियो’ भन्ने बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी पौडेललाई सानैदेखि नै गीत संगीतमा रुचि थियो । उनले स्कूल पढ्दा गीत गाउने गरेकाले पछि परिवारले संगीत कक्षामा भर्ना गरिदिएको सुनाउँछिन् । पहिलो गीतले राम्रो चर्चा पाएपछि अन्य गीत रेकर्ड गर्ने सिलसिलामा उनी नेपाल आइडलको मन्चमा पनि उक्लिएकी थिइन् । उनले सिङ्गर भइसकेपछि सबै खालको गीत गाउन सक्नुपर्ने भन्दै आफूलाई सबै प्रकारको गीत सुन्न र गाउन मनपर्ने बताइन् । 

उनले भनिन्, ‘मलाई के लाग्छ भने, एज अ सिङ्गर भइसकेपछि सबै खालको गीत गाउन सक्नुपर्छ । भर्सटाइल पनि बन्नुपर्छ जस्तो लाग्छ । एउटै जोनमा बस्नु भन्दा पनि आफ्नो कम्फर्ट जोनबाट निस्केर सबै खालका गीत गाउने कोशिस गर्नुपर्छजस्तो लाग्छ । किनकी सबै खालको गीतहरू सुनिराखेको पनि हुन्छु । सबै राम्रो लाग्छ ।’

उनले हरेक कुराको नकारात्मक र सकारात्मक दुवै पक्ष हुने भन्दै म्युजिकमा आइसकेपछि गाएर भविष्य सुरक्षित गर्नुपर्ने बताउँछिन् । मेहेनत गर्न सक्यो भने धेरै प्रकारका अवसरहरु प्राप्त गर्न सकिनेमा उनी आशावादी छिन् ।  

उनले भनिन्, ‘म्युजिकमा प्रवेश गरिसकेपछि गीत गाएर मात्र जिउन नसकिएला तर यसभित्र अनेक क्षेत्रहरुमा लागेर जीवन चलाउन सकिन्छ । गिटार सिकेर सिकाउन सकिन्छ । संगीत टिचर बन्न पनि सकिन्छ । एरेन्ज सिकेर अरुलाई सिकाउन सकिन्छ ।’ ‘यस्तो माया, आँखैमा, पर्दैन पर्दैन मलाई फकाउन, मुरली तिरिरी, सम्बन्ध, बस पर्खेर’ लगायतका हिट गीत गाएकी बेनिशा झापा दमक निवासी हुन् ।

-NNB

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार