मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

Ujyalosandeshonline 12348+ समाचार ( )
२० जेठ २०८३, बुधवार

महोत्तरी । पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्नसक्ने बताउँदै बिहीबार (२१ जेठ) र शुक्रबार २२ (जेठ) दुई दिन नगरक्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले जानकारी दिनुभयो ।

बर्दिबास जिल्लामा सबैभन्दा बढी विद्यालय रहेको स्थानीयतह हो । यहाँ ५५ सामुदायिक र अन्य संस्थागत र धार्मिक गरी विद्यालयको सङ्ख्या ८० माथि छ । जिल्लामा गत शनिबारयता धेरै गर्मी बढेको छ । शनिबारयता निरन्तर मध्यान्हतिर ३८ डिग्री सेल्सियसको सेरोफेरोमा तापक्रम रहँदै आएको छ । गत आइतबार नै जिल्लाकै गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा कोठामै १० जना छात्रा बेहोस भएर ढलेका थिए । उपचारपछि सबै छात्रा अब ठिक भइसकेका छन् ।

दिनदिनै दिनभरि घामको प्रचण्ड राप र तातो हावा बहने क्रम बढेको छ । यसले जनजीवन निकै प्रभावित भएको छ । त्यस्तै एक÷दुई दिनभित्र मौसममा सुधार नभए विद्यालय बन्द गर्नेबारे छलफल गरिने मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । जिल्लामा  १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतह छन् । गर्मी छल्न बर्दिबासले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेपनि अन्य स्थानीयतहले भने अहिलेसम्म यस्तो सूचना गरेका जानकारी नभएको शिक्षा विकास समन्वय इकाई महोत्तरी कार्यालयका प्रमुख निर्मल घिमिरेले बताउनुभयो ।

गर्मीले गर्दा हाटबजार र कार्यालयहरूमा पनि चहलपहल निकै घटेको छ । प्रचण्ड गर्मीका कारण महोत्तरीका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ । अत्यधिक गर्मीले विद्यालय पढ्न जाने ससाना नानीहरू, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी महिला र कडा शारीरिक श्रम गर्ने मजदुर बढी समस्यामा परेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार