मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

प्रथम ओमसतिया अध्यक्ष कप जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सम्पन्न

Ujyalosandeshonline 12337+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

ओमसतिया । ओमसतिया तेक्वान्दो क्लबको आयोजनामा 'प्रथम ओमसतिया अध्यक्ष कप जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता' भव्य रूपमा सम्पन्न भएको छ। न्यू ओमसतिया तेक्वान्दो डोजाङको संयोजनमा गत जेठ १५ र १६ गते सञ्चालित यस खेलकुद प्रतियोगितामा विभिन्न क्षेत्रका गरी जम्मा १११ जना खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

क्लबका अध्यक्ष रामु हरिजनको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रमलाई थप गरिमामय बनाउन विशिष्ट अतिथिका रूपमा अग्लेश्वर पाण्डे र राकेश यादवको उपस्थिति रहेको थियो। खेल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ आयोजित यस प्रतियोगिताको भव्य सञ्चालन धर्मराज हरिजनले गर्नुभएको थियो भने उहाँलाई सहायकका रूपमा टिकाराम तिवारीले साथ दिनुभएको थियो।

प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय निर्णायक राजेश शाहनी र नेशनल निर्णायक रामप्रसाद काहारले मुख्य भूमिका निभाउनुभएको थियो। खेलको प्राविधिक तथा रेफ्री टोलीमा सन्ध्या यादव, सुरज कुमार हरिजन, धीरेन्द्रप्रसाद लोध, पवन पासी, अनुज केवाट, शिवचरण मल्ल र अनुप हरिजन रहनुभएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू प्रदर्शन गर्दै प्रतियोगितामा 'फर्स्ट ओम सतिया तेक्वान्दो डोजाङ' प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी 'न्यू ओम सतिया तेक्वान्डो डोजाङ' द्वितीय र 'ओम स्टार तेक्वान्दो डोजाङ' ले तृतीय स्थान प्राप्त गर्दै प्रतियोगिताको समापन भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार