मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कठौतिया टोल सुधार समितिको तेस्रो साधारणसभा सम्पन्न :
नागरिक सचेत नभई विकास सम्भव छैन – इस्तियाक अहमद खान

Ujyalosandeshonline 12441+ समाचार ( )
१९ वैशाख २०८३, शनिबार

भैरहवा । सिद्धार्थनगर नगरपालिका–९ स्थित कठौतिया टोल सुधार समितिको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। समितिका अध्यक्ष चन्द्रो कहारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इस्तियाक अहमद खान प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खानले सिद्धार्थनगरमा टोल सुधार समितिको अवधारणा वडा नम्बर ९ बाट सुरु भई अहिले नगरभर विस्तार भएको उल्लेख गर्दै खुसी व्यक्त गर्नुभयो। फोहोर व्यवस्थापनको चुनौतीबारे बोल्दै उहाँले नगरपालिकाले व्यवस्थापनका लागि प्रयास गरिरहेको भए पनि केही प्राविधिक कारणले कठिनाइ भइरहेको बताउनुभयो। उहाँले नागरिक आफैँ सचेत नभएसम्म देशको समग्र विकास सम्भव नहुने धारणा राख्नुभयो।

उहाँले सामाजिक सञ्जालमा टिप्पणी गर्नुभन्दा अघि वास्तविकता बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै नगरप्रमुखसँग सबै काम गर्ने असीमित अधिकार नहुने स्पष्ट पार्नुभयो। साथै टोल सुधार समितिलाई सरकारले सोझै बजेट उपलब्ध गराए काम गर्न थप सहज हुने धारणा व्यक्त गर्नुभयो। फोहोर व्यवस्थापन प्रभावकारी बनाउन हालको अवस्थामा जरिवाना गर्नुपर्ने बाध्यता परेको पनि उहाँले बताउनुभयो।

साधारणसभामा समितिका कोषाध्यक्ष रामरतन गुप्ताले आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनअनुसार समितिको कुल आयव्यय २ लाख ५६ हजार ३५७ रुपैयाँ बराबर रहेको जनाइएको छ। कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवाली र समितिमा सल्लाहकार ज्ञानेश्वर ज्ञवाली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै अतिथिका रूपमा वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष बसुन्धरा शर्मा, वडा सदस्यहरू वसन्त भट्टराई, युवराज बराल र सविता हरिजनको उपस्थिति रहेको थियो।

कार्यक्रममा गोलिगढ टोल सुधार समितिका अध्यक्ष अनवर खान र सल्लाहकार सञ्जय पाण्डेले पनि टोलको विकास र आगामी योजनाबारे धारणा व्यक्त गर्नुभएको थियो। समितिकी उपाध्यक्ष जिवकला न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ध्रुव ज्ञवालीले गर्नुभएको थियो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै टोलको सरसफाइ, सामाजिक एकता र सामुदायिक विकासलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार