मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बघेला खोलाले सडक कटान गर्दा रोहिणीका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य

Ujyalosandeshonline 11768+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ मा बघेला खोलाले सडक कटान गरेपछि स्थानीय बासिन्दा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएका छन् । भारतसँगको सिमानाकालाई हुलाकी राजमार्गसँग जोड्ने मुख्य सडक जीर्ण बन्दा दैनिक सयौं विद्यार्थी तथा सर्वसाधारण त्रासमा हिँड्न विवश छन् ।

विष्नपुरादेखि ललितपुर पकडिहवा हुँदै परासीझुवास्थित हुलाकी सडकसँग जोड्ने यो सडक यस क्षेत्रको प्रमुख व्यापारिक तथा सामाजिक जीवनरेखा हो। खोलाले सडकको ठूलो हिस्सा बगाएपछि बाटो अत्यन्तै साँघुरो र खतरनाक बनेको छ, जसले गर्दा कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने त्रास बढेको छ ।

स्थानीय इस्हाक बन्जराले चिन्ता व्यक्त गर्दै भने, "यो बाटो भएर दैनिक दर्जनौं विद्यालयका बसहरू विद्यार्थी बोकेर आवतजावत गर्छन्। केही दिनअघि मात्रै एउटा बस र टेम्पो मुस्किलले दुर्घटना हुनबाट जोगियो। हामीले यसबारे सम्बन्धित निकायलाई पटक-पटक जानकारी गरायौं, तर कसैले सुनेनन्।"

स्थानीयवासीले समस्या समाधानका लागि जनप्रतिनिधि र सम्बन्धित निकायलाई पटक–पटक गुहारे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। "नेताहरू भोट माग्न हात जोड्दै आउँछन्, जितेपछि वास्ता गर्दैनन्," अर्का स्थानीय सन्तोष कुमार बनियाले आक्रोश पोखे, "यहाँ कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवार को हुन्छ? के हामी यहाँका मतदाता होइनौँ? के यहाँ जनप्रतिनिधिका नजिकका मान्छेको मात्रै काम हुन्छ?"

अर्का स्थानीय मोहम्मद अली उर्फ नवाबका अनुसार, पटक-पटक ट्रेक्टर र टेम्पो पल्टिसकेका छन् भने विद्यार्थीहरूलाई घुमाउरो बाटो प्रयोग गरेर विद्यालय पठाउनुपर्ने बाध्यता छ। "सबै राजनीतिक दल र जनप्रतिनिधिसँग गुहार माग्यौं, सबैले प्रतिबद्धता जनाउँछन् तर काम गर्दैनन्," उनले भने ।

सडक निर्माणका लागि तीन वर्षअघि नापजाँचको काम भए पनि त्यसपछि कुनै प्रगति नभएको स्थानीयको भनाइ छ। "बाटो बनाउने भनेर नापेको तीन वर्ष भइसक्यो, तर काम सुरु हुने अत्तोपत्तो छैन," स्थानीय राजमन अहिरले भने।

खोलाको कटानले सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको र वर्षायाममा स्थिति अझै भयावह हुन सक्ने डरले स्थानीय त्रसित छन्। उनीहरूले सम्भावित दुर्घटना रोकी सुरक्षित यात्राको प्रत्याभूति गर्न रोहिणी गाउँपालिका र सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार