मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

प्रदेश सरकार पुनःगठन

Ujyalosandeshonline 12461+ समाचार ( )
२५ जेठ २०८३, सोमबार

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजीर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधार (९) बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको हो । 

 पुनःगठित मन्त्रिरिषद्मा विक्रमसिंह धाँमी आर्थिक मामिलामन्त्री, मानबहादुर रावल, उद्योग पर्यटन वन तथा वातावारणमन्त्री र बेलबहादुर रानामगर सामाजिक विकासमन्त्रीमा नियुक्त हुनुभएको छ । आर्थिक मामिला राज्यमन्त्रीमा जुनाकुमारी दानी र सामाजिक विकास राज्यमन्त्रीमा मधुदेवी भारती नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभाका सदस्यलाई समेटेर मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको हो । 

पुनःगठित मन्त्रिपरिषद्को कार्यविभाजन देहायबमोजिम छः

१. कमलबहादुर शाह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 

२. सुरेन्द्रबहादुर पाल, भौतिक पूर्वाधार विकासमन्त्री 

३. हीरा सार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री 

४. वीरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री 

५. विक्रमसिंह धाँमी, आर्थिक मामिलामन्त्री 

६. बेलबहादुर रानामगर, सामाजिक विकासमन्त्री 

७. मानबहादुर रावल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री  

राज्यमन्त्री

१ निर्मलादेवी साउद, राज्यमन्त्री भौतिक पूर्वाधार विकास 

२ मधुदेवी भारती, राज्यमन्त्री सामाजिक विकास

३ जुनाकुमारी दानी, राज्यमन्त्री आर्थिक मामिला 

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आज साँझ आयोजित समारोहमा नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । सोही समारोहमा नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । 

कांग्रेस संसदीय दलमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको घटनापछि  मुख्यमन्त्री शाहले अविश्वास प्रस्ताव दर्ता गर्ने पक्षलाई समेटेर आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको हो । सत्ता साझेदार नेकपा (एमाले)ले पनि मन्त्रिपरिषद्मा नयाँ अनुहार पठाउने तयारी गरे पनि अन्तिम समयमा रोकिएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार