मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

जङ्गलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

Ujyalosandeshonline 12552+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा सामुदायिक वनमा  आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेका अनुसार पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका ५० वर्षीय पदमबहादुर विक र उनैकै भाइ ४५ वर्षीय चन्द्रबहादुर विक रहेका छन् । 

सामुदायिक वनको जङ्गलमा आगो लगाई भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा शनिबार उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई अनुसन्धानको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । सो जङ्गलमा शुक्रबार टोकरपुरको छाङखोलाको छेउबाट आगो लागेको थियो । आगो अहिले शैलुङको जङ्गलमा फैलिएको छ । आगोले शैलुङको वन क्षेत्रमा ठुलो क्षति भएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार