मुख्य समाचार
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने |

रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कारवाही गर्नु : गृहमन्त्री

Ujyalosandeshonline 11877+ समाचार ( )
४ पौष २०८१, बिहीबार

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानविन गरी दोषीलाई तत्काल कारवाहीमा ल्याउन निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बीर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानविन गर्न प्रहरीलाई निर्देश गरेको जनाएको छ ।

मन्त्री लेखकले उक्त तस्बीरको विषयमा छानविन गरी दोषीलाई तत्काल कारवाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए ।

‘यो विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु ।’ गृहमन्त्री लेखकले भने,‘हिरासतमा रहेको दाबी गरिएको तस्बीरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’

त्यसैगरी प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बीर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार