मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मन्त्री ज्वालाको बर्खास्तगी माग गर्दै मसाल जुलुस

Ujyalosandeshonline 11768+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

काठमाडौं ।  एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरिनुपर्ने माग गर्दै मसाल जुलुस निकालेको छ । 

कोरिया भाषा परीक्षा (इपीएस)मा सहभागी गराउन माग गर्दै बालकुमारीमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घटनामा दोषी मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै त्रिचन्द्र कलेजमा मसाल जुलुस प्रदर्शन गरेको हो । विद्यार्थी नेताहरुले नेपाली युवाको ज्यान लिने मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने भन्दै नारा लगाएका पछि प्रहरीले हस्तक्षेप समेत गरेको छ । 

प्रदर्शनका क्रममा भएको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समित बडालले बाकुमारी घटनामा छानबिन आयोग बनाउँदा दोषीलाई कारबाही र पीडितले न्याय पाउने विश्वास लिएको भए पनि सरकारले मृतक परिवारलाई १० लाख दिएर पन्छिन खोजेको बताए । 

उनले भने, ‘जब सरकारले छानबिन आयोग बनायो । प्रतिवेदन सार्वजनिक भएपछि दोषीलाई कारबाही र पीडितलाई न्याय मिल्छ भन्ने विश्वास लागेको थियो । तर, यो सरकार सिंहदरबारभित्र बसेर एक युवक मूल्य १० लाख तोकेर लास गन्दै बसिरहेको आभास भएको छ । सरकारमा रहेका मन्त्री नै बाकुमारी घटनामा मुख्य दोषी देखिएका छन् भन्ने सुन्नमा आएको छ ।’

सरकारमा रहेका मन्त्री नै दोषी भएको अवस्थामा प्रधानमन्त्री निर्दोष भन्न नपाइने बडालको भनाइ थियो । छानबिन समितिको प्रतिवेदन लुकाएर दोषीलाई उम्कनमा सरकारले नै सहयोग गरेको आरोप लगाउँदै उनले मन्त्री ज्वालालाई बर्खास्त नगर्दासम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिए । 

गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । इपीएसको परीक्षा फाराम भर्ने विषयमा प्रदर्शन हुँदा उनीहरूको मृत्यु भएको थियो । प्रदर्शन भइरहेको ठाउँमा मन्त्री ज्वाला सवार गाडी प्रदर्शनकारीले जलाएका थिए । 

त्यसलगत्तै सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले हालै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा मन्त्री प्रकाश ज्वालाले गरेको कमजोरीका कारण घटना भएको निष्कर्ष निकाल्दै उनलाई कारबाही र सचेत गराउन समेत सिफारिस गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार