मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

बजेट सही ढंगले कार्यान्वयन गर्न अनुगमन जरुरी : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12198+ समाचार ( )
७ कार्तिक २०८१, बुधवार

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट सही ढंगले कार्यान्वयन गर्न आग्रह गरेका छन् । बाँकेको कोहलपुर नगरपालिकामा बुधवार जनप्रतिनिधि तथा कर्मचारीहरुसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले चालु आर्थिक बर्षमा बाँके जिल्लालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन भएको र बजेटको सही ढंगले कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

बाँके जिल्लामा पूँजीगततर्फ २ अर्ब ४२ करोड बजेट विनियोजन भएको र पाँच लाख भन्दा माथिका सबै आयोजनालाई प्रतिष्पर्धाको माध्यमबाट कार्यान्वयन गर्न निर्देशन दिए । ‘सरकारले विनियोजन गरेको बजेटको सही ढंगले कार्यान्वयन भएको छ वा छैन त्यसलाई अनुगमन गर्नुस्’मुख्यमन्त्री आचार्यले भने–‘बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन जरुरी छ ।’

कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना तत्काल गरिने उनले जानकारी दिए । ‘कार्यालय भवन र कार्यालय सहयोगी नगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ । प्रदेश सरकारबाट कर्मचारी नियुक्त गरेर पठाउँछौंं’उनले भने,‘छिटो सेवा सुरु गर्ने योजना अनुसार काम अघि बढेको छ ।’ 

कोहलपुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख संगिता सुवेदीले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापनासँगै समग्र विकासका योजनाहरुको बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको बताए । ‘समग्र कोहलपुरको विकासको बारेमा छलफल भयो । साथै यातायात सेवा कार्यालय स्थापनाको बारेमा पनि ध्यानकर्षण गराएका छौं । यस बारेमा मुख्यमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ’उनले भने,‘छिट्टै यातायात सेवा कार्यालय स्थापना हुने विश्वास दिलाएका छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार