नेपाल–भारतबीच १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति प्रक्रिया अघि बढ्यो

Ujyalosandeshonline 11144+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

काठमाडौं नेपाल भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा विहीबार हस्ताक्षर भएको हस्ताक्षरपछि त्यसको कार्यान्वयनका लागि दुवै देशका प्रतिनिधिहरुले छलफल अगाडि बढाएका छन्

बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्

बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल भारतका ऊर्जासचिव पंकज अग्रवालले हस्ताक्षर गरे

प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठमा भारत भ्रमणका क्रममा आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमति गरेका थिए

दाहालले भारतसँग गरेको उक्त सहमतिमा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेसँगै पूर्णता पाएको हो प्रधानमन्त्री दाहालका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार भारत भ्रमणका क्रममा भएका समझदारी सम्झौताहरु कार्यान्वयनमा गएकोमा प्रधानमन्त्रीले खुशी ब्यक्त गरेका छन्

प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै सल्लाहकार सापकोटाले भने,‘सम्झौतालाई लिएर प्रधानमन्त्रीले खुशी व्यक्त गर्नुभयो यसलाई विद्युत विकासको क्षेत्रमा ऐतिहासिक कदम हो भन्नुभयो अन्तर्राष्ट्रिय बजारमा मूलत भारतसँगको विद्युत व्यापारले नेपालको विद्युत उत्पादन, व्यापारमा ऐतिहासिक सफलता हासिल गर्नसक्ने भएकाले त्यसको बाटो खुलेको

सापकोटाका अनुसार सम्झौता पत्रमा हस्ताक्षर अघि प्रधानमन्त्रीसँग भारतीय प्रतिनिधिलेवान टु वान कुराकानी भएको सम्झौता कसरी सम्झौता कार्यान्वनयनमा लाने विषयमा छलफल भएको थियो

सो सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन दीर्घकालीन रूपमा विद्युत् खरिदबिक्री सम्झौता गरी नेपालबाट बिजुली लिनेछन् नेपाल भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्ने बताइएको

सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको

त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको उक्त सहमतिपछि नेपालको ऊर्जा क्षेत्रको विकासको ढोका खुल्ने भन्दै निजी क्षेत्र उत्साहित देखिएको

प्रतिक्रिया

सम्बन्धित समाचार