धकधईमा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ सम्पन्न

Ujyalosandeshonline 11303+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

भैरहवा । हिन्दू स्वयंसेवक संघ नेपाल धकधई खण्डले रुपन्देहीको धकधईमा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८१’ सम्पन्न गरेको छ ।

‘आदर्श विद्यार्थी नै आदर्श नागरिक’ भन्ने उद्देश्यका साथ आईतवार रोहिणी गाउँपालिका–३ धकधई स्थित श्री राम नरेश यादव आर्दश माविको खेल मैदानमा परीक्षा सञ्चालन गरिएको कार्यक्रम संयोजक संजय कौशलले बताए । संघले प्रत्येक वर्ष संस्कृति ज्ञान परीक्षा सञ्चालन गर्दै आएको छ । 

परीक्षामा बुद्ध त्रिवेणी पब्लिक बोडिंग स्कूल धकधईकी दिव्य ठाकुर प्रथम भएकी छिन् । त्यस्तै मोडेन गोल्डेन फ्युचर इङलिस बोडिंग स्कूल भटपुरवाका अभि यादव दोस्रो र युनिक होम्स इङलिस बोडिंग स्कूलकी  सृजना यादव तेस्रो भएकी छिन् ।

त्यस्तै युनिक होम्स इङलिस हाई स्कूलका प्रिन्स प्रजापति ,मोहम्मद ताबेज बन्जारा, मोडेन जेनेरेशन एकेडेमी इङलिस बो.स्कूल मजनु चौराहाका बिनोद यादव ,सन्जना यादव , मेरिट पब्लिक आवासीय माध्यमिक विद्यालयकी रोशनी मल्लाह ,पिपरहवा माध्यमिक विद्यालयकी अनिता यादव र बुद्ध त्रिवेणी पब्लिक बोडिंग स्कूलका ऋषिकेश वर्मा ,लक्ष्मी यादव, राम धवन यादव,अमरनाथ वर्मा सान्त्वना पुरस्कार पाएका छन् ।

प्रथम हुनेलाई नगद १५ हजार, दोस्रोलाई ११ हजार र तृतीय हुनेलाई ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । सान्तवना हुने विद्यार्थीहरुलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार