मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |
मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |


रास्वपाले भन्यो– ‘जनसमर्थन र प्रभाव बढेपछि रवि लामिछानेलाई पक्राउ गरिएको हो ’

Ujyalosandeshonline 12206+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनसमर्थन र प्रभाव बढेपछि सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिएको बताएको छ । शनिबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले लामिछानेलाई हिरासतमा राख्नु रास्वपाको प्रभाव र जनसमर्थन दबाउने षड्यन्त्र भएको निष्कर्ष निकालिएको कार्यवहाक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा सहकारीबाट ऋण लिने प्रक्रियामा लामिछानेको संलग्नता नरहेको उल्लेख भए पनि सत्ता गठबन्धनले राजनीतिक रूपमा निषेध गर्न लामिछानेलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।  

‘सभापति रवि लामिछाने विरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको घोर भत्सर्ना गर्दछ । यो कारबाही सत्तारुढ राजनीतिक दलहरुले रास्वपाको बढदो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षडयन्त्र हो भन्ने हाम्रो ठम्याई छ ।

साथै रास्वपाले संसदीय छानविन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४४९ मा सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भएतापनि सोही अभियोगमा प्रक्राउ गरिएको र उक्त पक्राउ पछि वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न हो भन्ने कुरा प्रष्ट देखिन्छ । कुनै बेला राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरु आज नविन विचार र आवाजलाई दवाउन उद्धत छन ।

राज्यको यस्तो स्वेच्छाचारी, दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरित छ । रास्वपा आम नेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह समेत गर्दछ । तसर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य सत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साथै साझा राष्ट्रिय मुद्दाको हरुमा केन्द्रित रही संचालन गर्न गईरहेको दोस्रो चरणको सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान समेत गर्दछ ।

मिति २०८० माघमा राष्ट्रिय स्वतन्त्र पार्टीले तयार पारी सम्माननीय प्रधानमन्त्रीलाई समेत बुझाएको सहकारी र लघुवित्त संस्थाहरुको समस्या समाधान नीतिगत योजना र समाधानका उपायहरुलाई आधार मान्दै सहकारी, लघु वित्त एवं मिटरब्याज पीडितहरुको सरोकार सम्बन्धि तृणमूल अभियानलाई गति दिन एक महिना भित्र रास्वपाका सम्बन्धित पालिकाका संरचनाहरुमा सहकारी नियमनको आवश्यक्ता एकिन गरी कार्यक्रम बनाएर पीडितहरुको समस्या अनुसार वचत रकम फिर्ता गराउन दवावमूलक कार्यक्रमको अगुवाई गर्ने ।

आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएका स्वेच्छाचारी राजनीतिक प्रतिसोध, सर्वत्र व्याप्त ब्यथिति र संगठित भ्रष्टाचारका विरुद्ध आम जनसमुदायमा जागृति फैल्याउने अभियान सञ्चालन गर्ने । ’

त्यसैगरी बैठकले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पनि मुलुकमा विद्यमान राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आम जनतालाई जागृत बनाउने गरी अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको उजुरी परेपछि २ कात्तिकमा लामिछाने पक्राउ परेका छन् । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीमाथि संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार