मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने : कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा

Ujyalosandeshonline 12547+ समाचार ( )
१२ फाल्गुन २०८२, मङ्गलबार

राजविराज (सप्तरी) । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको नेतृत्वमा बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने बताउनुभएको छ । आज यहाँस्थित गजेन्द्र चौकमा चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मधेस आन्दोलनलाई सम्मान गर्दै गजेन्द्रनारायण सिंहको योगदान कहिले बिर्सने योग्य नरहेकोसमेत उल्लेख गर्नुभयो । मधेस आन्दोलनकै कारण सङ्घीयता आएको स्मरण गराउँदै उहाँले सङ्घीयता कसैको चाहनामा कमजोर नहुने बताउनुभयो ।

यसअघि उहाँले स्व. गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । कांग्रेसको चुनावी भेलामा जसपा नेपालका समानुपातिक उम्मेदवार विजय गुप्तासहित दुई दर्जनभन्दा बढी जेनजी युवा कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा राजविराज नगरपालिकाका मो. सज्जाद, सुल्तान, अकबर, अनवर, आजम, मेराज, जाफिर, आफतोप, इसमाइल, आयुसलगायत हुनुहुन्छ । महादेवा गाउँपालिकाका मो. वासिम, तबरेज, अबदुल, मुकिम, इर्शाद, अरवाज, इजहारुल, हारुन, इवरान, इरफानसहितका नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

नवप्रवेशी युवालाई कांग्रेसका सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमार यादव, राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, पार्टीका जिल्ला सचिव सनत मण्डल, मधेस प्रदेशकी सहमहामन्त्री विन्दु यादव, नेताहरू इर्शाद अन्सारी, संविधानसभा सदस्य सकलदेव सुतिहार, नेता जितेन्द्रनारायाण देवसहितकाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार