मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

सशस्त्र प्रहरी वल नेपाल बीओपी पजरकट्टीमा सिमा सहजीकरण समिति गठन

Ujyalosandeshonline 12348+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

भैरहवा । सशस्त्र प्रहरी वल बी ओ पी पजरकट्टीको कार्य क्षेत्र मध्ये भारतीय सिमा नाका संग जोडिएको रुपन्देहीको रोहिणी गाउपालिका वडा नं. २ र ७मा सिमा सहजीकरण समिति गठन गरिएको हो । 

सशस्त्र प्रहरी बलको निर्देशन अनुसार सिमा क्षेत्रमा हुने विभिन्न गतिविधि नियन्त्रणका लागि सिमा सहजीकरण समिति बनाउनुपर्ने भएकोले दुवै वडामा समिति गठन गरिएको छ । वडा नम्बर ७ का वडाध्यक्ष अन्नान अहमद भाटको अध्यक्षतामा ८ सदस्यीय सिमा सहजीकरण समित गठन गरिएको छ भने वडा नं. ३का वडाध्यक्ष करम हुसेनको अध्यक्षता ८ सदस्यीय सिमा सहजीकरण गठन गरिएको पजरकट्टी विओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक सन्जित मानन्धरले बताए । 

द्वय समितिमा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ जस्मा वडासदस्य, समाजसेवी, पत्रकार, नेपाल प्रहरीको प्रतिनिधी सदस्यमा रहेका छन । 

समितिले सिमामा इलाकामा हुने चोरी, निकासी, तथा पैठारी नियन्त्रण गर्नका लागि नियमित तथा आकस्मिक गस्ती पेट्रोल गर्ने, लागु औषध दुव्र्यसनी तथा मानव बेचविखन रोकथामका लागि स्थानीय वासी र भारतिय समकक्षी सँग आवश्यक समन्वयउ तथा सहकार्य गर्ने, सिमा स्तम्भको नियमित रेखदेख, दशगजाको अतिक्रमणको अभिलेखिकरण राखी सम्बीनधत निकायमा तत्काल जानकारी गराउनेृ, सिमाबासीहरुको समस्याबारे सुनुवाई गर्ने, समकक्षी एसएसबी, स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको समन्वयमा सरसफाई तथा सिमा स्तम्भको रेखदेख गर्ने, चाडपर्वमा हुन सक्ने घटनालाई मध्यनजर गरी स्थानीय बासीसँग समन्वय र सहकार्य गर्ने, आवश्यकता अनुसार सिमा सहजीकरण समितिको बैठकबसीसिमा इलाका क्षेत्रको छलफल गर्ने, मल तथा विलविजनमा कृषकहरुलाई सहजीकरण गर्ने निणर्य गरिएको सशस्त्र प्रहरी निरिक्षक मानन्धरले भने ।   

उनले सशस्त्र प्रहरी बल नेपाललाई सहयोगी भुमीका निर्वाह गरी थप प्रभावकारी बनाउने उदेश्य ले सीमा सहजीकरण समिति गठन गरिएको बताए । नवगठित समितिले आवश्यकता अनुसार बैठक बसि छलफल र सहकार्य को माध्यमबाट सिमानाकामा हुने नकारात्मक गतिविधिमा केन्द्रीत रहि समस्या समाधान तर्फ भुमिका निर्वाह गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार