मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

नेपाल भारत मैत्री संघ बेलहियामा कान्दु

Ujyalosandeshonline 12348+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

भैरहवा । नेपाल भारत मैत्री संघ बेलहिया उपशाखामा पशुपती कान्दुको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार भैरहवामा सम्पन्न उपशाखाको सातौ अधिवेशनले उपशाखाको उपाध्यक्षमा गंगाराम पराजुली, सचिवमा जीवलाल भट्टराई, सह–सचिवमा सुनिल कुमार यादव, कोषाध्यक्षमा राजेश जयसवाल र सहकोषाध्यक्षमा सुवाष प्रधान निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दुर्गा नारायण डुम्रेले जानकारी दिए । 

उपशाखाको सदस्यहरुमा दिलिप कुमार हरिजन, राजु सुनार, रमेश कान्दु, त्रिवेणी यादव र महिमा बस्नेत निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचन अधिकृत दुर्गा नारायण डुम्रेका अनुसार भारत तर्फबाट उपशाखाको वरिष्ठ उपाध्यक्षमा राजु गुप्ता, उपाध्यक्ष पशुपति कुमार वर्मा, सह–सचिव मनोज त्रिपाठी चयन भएका छन् । भारतबाट नै उपाशाखाको सदस्यहरुमा अमित मोदनलाल, विनय त्रिपाठी, दुर्गेश गिरी, आमिर खाँन, प्यारेलाल यादव, धर्मेन्द्र अग्रहरी र अम्वुस कुमार गुप्ता चयन भएका छन् । 

यस अघि सम्पन्न अधिवेशनको खुल्ला सत्रलाई सम्बोधन गर्दै लुम्निी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले दुबै देशको सम्बन्ध रोटी बेटीमा मात्र सिमित नरहेको बताए । नेपाल र भारतको संस्कृति, पराम्परा, खानपिन मात्र मिल्ने नभई देवी देवता समेत एउटै रहेको बताउदै उनले यो सम्बन्ध कुनै राजनैतिक असरका कारण नमेटिने बताए । 

कार्यक्रममा बोल्दै पाण्डेले नेपाल र भारत बिच कनेक्टिभिटी बढाउन आवश्यक रहेको र प्रदेश सरकारले यसको पहल गरिरहेको जानकारी दिए । उनले नेपाल–भारतको सीमामा रहेको मदिरा पसलहरुलाई ब्यस्थित गर्नुपर्ने आवाजलाई सम्बोधन गर्दै यसलाई सुरक्षा निकायहरुसंगको समन्वयमा ब्यवस्थापनको पहल गर्ने आश्वासन दिए । 

नेपाल भारत मैत्री संघ रुपन्देहीका शाखाका अध्यक्ष श्रीचन्द्र प्रसाद गुप्ताको अध्यक्षता, गृहमन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल भारत मैत्री संघका लुम्बिनी प्रदेश अध्यक्ष एवम केन्द्रिय उपाध्यक्ष वासुदेव रिमाल, पूर्व केन्द्रिय अध्यक्ष मुरारीलाल अग्रवाल, न्द्रिय सदस्य एवम मणिग्राम उपशाखा अध्यक्ष मोहनराज शर्मा, पर्यटन ब्यवसायी सञ्जय बजिमय, संघका धकधई उपशाखा अध्यक्ष बेचन प्रसाद गुप्ता लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन बेलहिया उपशाखाका उपाध्यक्ष गंगाराम पराजुलीले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार