मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छः संयोजक दाहाल

Ujyalosandeshonline 12547+ समाचार ( )
९ कार्तिक २०८२, आइतबार

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माध्यममार्फत संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । माओवादी केन्द्र गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताउनुभयो ।  

केन्द्रीय महाधिवेशन आयोजक समिति संयोजक दाहालले भन्नुभयो,“हामी निर्वाचनबाट पछि हट्ने कुरा हुँदैन । निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारलाई सबै ढङ्गले दबाब दिनु आवश्यक छ । पछिल्लो परिस्थितिको निकास यसैबाट हुनसक्छ ।”  

‘जेनजी’ प्रदर्शनको गम्भीर समीक्षा गरेर माओवादीले जटिल परिस्थितिमा देशलाई निकास दिन निर्वाचन नै विकल्प भएको निष्कर्ष निकालेको उहाँको भनाइ थियो । पछिल्लो समय निर्वाचनको वातावरण बन्दै गएको र अन्य दल पनि निर्वाचनमा भाग लिन तयार भइसकेको संयोजक दाहालले बताउनुभयो ।    

कुनै पनि बहानामा फेरि अर्को दुर्घटना हुन नदिने जिम्मेवारी सबैको रहेको भन्दै उहाँले त्यसका लागि पनि तोकिएको समयमा निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो । संयोजक दाहालले ‘जेनजी’ पुस्ताले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे आफ्नो पार्टीले सुरुदेखि नै आवाज उठाउँदै आएको पनि उल्लेख गर्नुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार