मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

बारामा २२५ केजी लागुऔषध गाँजा सहित चार जना पक्राउ

Ujyalosandeshonline 12547+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

रौतहट । बारा प्रहरीले लागुऔषध गाँजा २२५ केजी सहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले आदर्शकोटवाल गाउँपालिका–३ स्थित वातारा क्षेत्रबाट एक ट्र्याक्टरमा लुकाएर राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरेको हो ।

ट्र्याक्टरको ढालामुनि फल्स बटन बनाएर लुकाइएको अवस्थामा १५ वटा काटुनमा प्याक गरिएको करिब २२५ केजी गाँजा बरामद गरिएको बारा प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पार्किङ गरी राखिएको ट्र्याक्टर ना.प्र. २–०३–००१ त ४८७६ बाट गाँजा बरामद भएको छ । 

प्रहरीले अनुसन्धानका क्रममा मकवानपुर हेटौंडा नगरपालिका–४ बस्ने २१ वर्षीय कमाण प्रजा, कैलाश गाउँपालिका–४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका–५ छतिवन बस्ने २२ वर्षीय नवराज मगर पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जानकारी दिए ।

ट्र्याक्टर चालक आदर्शकोटवाल गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिँदा घटनामा अन्य व्यक्तिहरूको संलग्नता खुल्न आएको उनले बताए ।पक्राउ परेका  चारै जनालाई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार