मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

फागुन २१ को निर्वाचनका लागि एआईजी डा. केसीद्वारा गण्डकी प्रदेशको सुरक्षा अनुगमन

Ujyalosandeshonline 12614+ समाचार ( )
२२ माघ २०८२, बुधवार

पोखरा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीले गण्डकी प्रदेशको सुरक्षा व्यवस्थापनको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । एआईजी केसीले बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालय पुगेर निर्वाचन विशेष सुरक्षा योजना, प्रहरी जनशक्ति परिचालन तथा समग्र सुरक्षा तयारीको अवस्थाबारे जानकारी लिनुभएको हो ।

अनुगमनका क्रममा उहाँले पोखरा उपत्यकामा कार्यरत सिनियर प्रहरी अधिकृतहरूलाई निर्वाचनमा प्रहरीले निर्वाह गर्नुपर्ने भूमिका, निष्पक्षता, सक्रियता र सांगठनिक जिम्मेवारीबारे आवश्यक निर्देशन समेत दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र कुमार उपाध्यायले निर्वाचन सुरक्षा योजना र विद्यमान चुनौती वा समस्याका विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्री तथा नेपाल प्रहरी प्रदेश कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार खनाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार