मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

नेपाल स्काउटमा भएको अनियमितताबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक

Ujyalosandeshonline 12547+ समाचार ( )
५ असार २०८२, बिहीबार

काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियानले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईलाई पुनःस्थापित गर्ने उद्देश्यसहित छानबिन समितिको प्रतिवेदन बुझाइएको दाबी गरेको छ । शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीका अनुसार नेपाल स्काउटभित्र देखिएको विकृति र विसङ्गति विरुद्ध आवाज उठाउँदै गरिएको आमरण अनशनपछि नेपाल स्काउट सँग सम्बन्धित मन्त्रालयको पहलमा छानबिन समिति गठन गरिएको थियो ।  उक्त समिति २०८२ साल वैशाख ५ गतेदेखि सक्रिय भएको हो । 

संयोजक अधिकारीले मन्त्रालयकै दबाबमा समितिले छानबिनको म्याद १५ दिनमै टुंग्याउनुपर्ने अवस्था सिर्जना गरिएको बताएका छन् । साथै स्काउटको तर्फबाट आवश्यक कागजात नदिई समितिको अधिकारक्षेत्रमा नपर्ने भनेर पत्राचारसमेत गरिएको उनले बताए। ‘हाम्रो माग र सुझाव बिना नै समितिमा रहेका हाम्रा प्रतिनिधिहरूको सल्लाह र सहमति बिना, मन्त्रालयको दबाबमा प्रतिवेदन बुझाइएको पाइएको छ,’ अधिकारीले भने ।

छानबिन समितिको छलफल र तथ्यहरूको आधारमा निलम्बित निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोप निराधार नभएको र उनलाई सफाइ दिई ४५ दिनको बिदा स्विकृति गराई विदेश पठाइएको खुलासा गरिएको उनले बताए । ‘यस्ता गतिविधिहरू ठूलो चलखेल अन्तर्गत भएको अनुमान गर्न सकिन्छ,’ संयोजक अधिकारीले भने ।

शुद्धीकरण अभियानले आफ्नो तर्फबाट छानबिन समितिमा सहभागी प्रतिनिधिहरूले तयार पारेको वास्तविक प्रतिवेदन सार्वजनिक गरेको छ ।‘समितिले तयार पारेको प्रतिवेदन गोप्य हुन सक्दैन, किनभने यो स्काउटका सम्पूर्ण सदस्यको भावनासँग जोडिएको विषय हो,’ उनले भने।

उनले प्रतिवेदन अनुसार निलम्बनमा परेका निर्देशक रामप्रसाद भट्टराईमाथि लागेका आरोपहरू गम्भीर रहेकाले उनलाई सफाइ दिने ठाउँ नभएको बताए । साथै, वर्तमान प्रमुख आयुक्त पनि सोही कार्यशैलीमा संलग्न रहेको देखिएको र संस्थामा सुधारको अपेक्षा त्यही नेतृत्वबाट गर्न नसकिने स्पष्ट पारे । ‘अब हामी वैकल्पिक उपाय अवलम्बन गरेर स्काउट संस्थालाई सुधार गर्ने दिशामा लाग्नेछौं,’ संयोजक अधिकारीले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार