मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

यातायात व्यवसायी र सरकार बिच सहमती
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडि चल्ने

Ujyalosandeshonline 11768+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

काठमाडौं । आन्दोलनतरत सावर्जनिक यातायात व्यवसायी र सरकार बिच मध्यरातमा सहमती भएको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’ नियमावली स्थगन गर्न सरकारले पत्राचार गर्ने भएपछि दुई पक्षबिच सहमती भएको हो ।

मध्येरातमा दुई पक्ष बिच सहमती भएपनि मंगलबार बिहान सम्म सड्कमा सावर्जनिक यातायातका साधन चलेका छैनन् । गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारीक जानकारी गराइसकेपछि मात्रै गाडि चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले जानकारी दिए ।

उनका अनुसार मध्येरातमा सरकार र व्यवसायी बिच गठन भएको संयुक्त कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमतिको जानकारी गराउने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जानकारी दिने र प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई स्थगनका लागि पत्राचार गर्ने सहमति भएको छ ।

‘यो सबै प्रक्रिया पुरा हुन आज दिनभरजसो समय लाग्न सक्ने भएकाले अहिलनै गाडि नचलाएका हौं । जति चाँडो गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारीक जानकारी दिन्छ । हामीले पनि त्यहि अनुसार गाडि चलाउन अनुमती दिन्छौं,’ उनले भने । यातायात व्यसायीले यसअघि आन्दोलन घोषणा गर्दा मागमा राखेका सात ओटै बुँदा सम्बोधन हुनेगरी समहती भएको स्वाँरले बताएका छन् ।्

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका निजी प्रयोजनका लागि दर्ता भएका चार पांग्रे र दुई पांग्रे सवारी साधनलाई समेत सावर्जनिक यातायात सरह यात्रु बोक्न पाउने गरी नियमावली जारी गरेको थियो ।

सोहि अनुसारको व्यवस्था अन्य प्रदेशले समेत अपनाउने भएपछि यातायात व्यवसायी आन्दोलीत बनेका थिए । व्यवसायीले आन्दोलनका कारण सोमबार दिनभर यात्रुहरुको बिचल्ली भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार