मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

नर्सरी व्यवसायी संघले ‘दोश्रो तिहार फ्लोरा एक्सपो’ आयोजना गर्दै

Ujyalosandeshonline 12548+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले पाँच दिवसीय राष्ट्रिय स्तरका दोश्रो तिहार फ्लोरा एक्सपो–२०८१ आयोजना गर्ने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले तिहारलाई लक्षित गर्दै पुष्प, फलफूल, कृषि, वन तथा जडिवुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको बृहत प्रदर्शनीको रुपमा कार्तिक ०९ देखि १३ गतेसम्म भृकुटिमण्डपको प्रदर्शनी स्थलमा दोश्रो तिहार फ्लोरा एक्सपो आयोजना गर्न लागेको जानकारी दिएका हुन् । 

सोही क्रममा नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आयातलाई प्रतिस्थापन गर्न, आत्मनिर्भर बन्न र युवा स्वरोजगारको सिर्जना गर्न एक्सपोको आयोजना गर्न लागेको बताए । उनले भने, ‘आयातलाई प्रतिस्थापन गर्न, आत्मनिर्भर बन्न र युवा स्वरोजगारको सिर्जना गर्न भनेर नर्सरी व्यवसायी संघ दर्ता गरेर कर्याक्रमहरु गर्दै आएका छौँ । आयात रोक्ने ज्ञान हामीसँग छ तर सरकारले यसको लागि सहज वातावरण बनाउनुपर्छ ।’ 

‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिर्भरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै उक्त एक्सपो आयोजना गरिएको हो । यस मेलाले आर्थिक मन्दिले सुस्ताएका अर्थतन्त्र विकासमा सहयोग गर्ने र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायीहरुलाई उत्साहित गर्ने विश्वास लिएको पनि संघको भनाई छ । 

यस मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफूल्ने फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छ । 

साथै, मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ । यस संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिष्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । 

प्रतिष्पर्धाको मुल्यांकन गर्न कृषि वागवानी बिज्ञ, बनस्पती बिज्ञ, साथै पुष्प विकास केन्द्रका प्रमुख सहितको संलग्नतामा ३ सदस्यीय मुल्यांकन समिति समेत गठन गरेको छ । यस मेलामा ६५ वटा व्यवसायीक स्टल लगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र सहितको अफिसियल ३ स्टल तथा प्रतिष्पर्धाको २ वटा स्टल समेत जम्मा ७० बटा स्टल रहने छ । 

यस मेलामा ३५ हजार अवलोकन कतीले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ भने मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति सय र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० व्यवस्था गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार