मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

Ujyalosandeshonline 12614+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले आज एक भिडियो सन्देश जारी गर्दै आमकार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएकाले अब देश परिवर्तनको यात्रामा सँगै सहकार्य गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

महामन्त्री पौडेलले कांग्रेसभित्र आफूले विगतमा पार्टी रूपान्तरणको विषयलाई पैरवी गरिरहेको बताउँदै अहिले सोहीअनुसार भएकाले देश परिवर्तनको यात्रामा सहकार्य गर्न आग्रह गर्नुभयो । “हामीले नेतृत्व र नीति परिवर्तनका विषय निरन्तर उठाइरह्यौँ, आज विशेष महाधिवेशनमार्फत पार्टीमा नेतृत्व र नीति दुवै परिवर्तन भएको छ । हामीले कांग्रेसमात्र परिवर्तन गर्न खोजेका होइनौँ, देशलाई विकास गर्दै सकारात्मक परिवर्तन गर्न खोजेका हौँ”, उहाँले भन्नुभयो ।

उहाँले आमनेपाली, कांग्रेसका साथीहरू र मतदाताहरूको चाहनाबमोजिम पार्टी सभापति गगनकुमार थापालाई फागुन २१ गतेको निर्वाचनपश्चात् कांग्रेसले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेकाले देश परिवर्तनका निम्ति आफूहरूको निर्णयमा आममतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेको उहाँको भनाइ छ । देश परिवर्तनका निम्ति कांग्रेसको निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार