मुख्य समाचार
सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग |

मुख्यमन्त्री आचार्यद्धारा गृह जिल्लाका सुरक्षा प्रमुखहरु संग छलफल, सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन जोड

Ujyalosandeshonline 12199+ समाचार ( )
२७ अशोज २०८१, आइतबार

अर्घाखाँची–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृह जिल्ला अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु संग समग्र जिल्लाको सुरक्षा अवस्था र समसामायिक बिषयमा छलफल गर्नु भएको छ ।

प्राकृतिक विपद् व्यवस्थापन, समाजमा शान्ति सुरक्षा स्थापना, समुदाय संग समन्वय लगायतका बिषयमा छलफल गर्नु भएको हो । चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनले सार्वजनिक सुरक्षा अवस्थामा सुधार आएको, आगामी दिनमा हुने मेला, पर्व तथा जात्राको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने बारेमा पनि छलफल भएको छ । 

छलफलको क्रममा मुख्यमन्त्री आचार्यले प्राकृतिक विपदले निम्त्याउने समस्या न्यूनिकरण र प्रभावकारी व्यवस्थापनको काममा सधैं तयारी अवस्थामा रहन निर्देशन दिनुभएको थियो । जुनसुकै विपद्को प्रभावकारी व्यवस्थापनमा खटिनेगरी योजना निर्माण गर्न जोड दिनुभयो । 

समुदाय संग समन्वय गरेर सुरक्षा निकाय आपतकालिन खोज तथा उद्धार, पुर्नस्थापना लगायतको काममा खटिनुपर्ने, प्रभावितहरुलाई राहत वितरणको प्रक्रिया चुस्त बनाउने बिषयमा समेत ध्यान दिन आग्रह गर्नु भएको हो ।

यस्तै अपराध नियन्त्रण, कानुनी शासनको सुदृढिकरण, सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायहरुको जिम्मेवारी र तिनका चुनौतीका बारेमा समेत छलफल भएको थियो । छलफलमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बावुराम अर्याल सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार